‘सरकार छाडेपछि म संसद्‍को सिंह र कार्यकर्ता सडकका बाघ भए’ « Khabarhub

‘सरकार छाडेपछि म संसद्‍को सिंह र कार्यकर्ता सडकका बाघ भए’

अहिलेको गठबन्धन चाँडै कुहिएर झर्ने जिकिर


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा जनताका कयौँ काम गरेको बताएका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा दलाल पूँजीपतिहरूको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गरे ।

सदन र सडकबाट केही महिनाभित्रै परिस्थिति उल्ट्याइदिन सकिने पनि उनले बताए ।

‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौँ । तिमीहरू मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’, उनले भने ।

विरोधीहरूले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने अध्यक्ष प्रचण्डले बताए ।

सरकारबाट निक्लिँदै गर्दा कार्यकताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएको उनले बताएका छन् ।

त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हालेर माओवादी आन्दोलनलाई सिद्धाउने षडयन्त्र हुँदै आएको बताए ।

ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धि उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झुकाउने उनले बताए ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्ति परास्त गर्ने अभियानमा रहेको बताए । केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : ०९ बजे

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय

चिसोमा चटाइ र घूरको भर

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा