कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता   « Khabarhub

कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता  


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघले ऐक्यबद्धता जनाएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यबद्धता जनाएको हो । तलब भत्ता सेवा सुविधा तथा वृद्धि विकासको माग गर्दै केही एकेडेमीमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको उनीहरूले आरोप लगाएका छन् ।

अस्पतालमा कार्यरत कर्मचारी तलब-भत्ता तथा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

 ‘स्वास्थ्य क्षेत्र जस्तो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरूका जायज माग यथाशीघ्र सम्बोधन गर्न अस्पताल व्यवस्थापन तथा सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ ।’ नर्सिङ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : १७ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी