सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए « Khabarhub

एसईई– २०८०

सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् ।

बोर्डका अनुसार यस वर्ष सबैभन्दा बढी विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् । यो ग्रेडभित्र ७८ हजार ८७४ विद्यार्थी छन् । यस्तै, सबैभन्दा कम ६ विद्यार्थीले १.६० देखि २.० जीपीए ल्याएका छन् ।

सबैभन्दा राम्रो ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८६ रहेको छ । ३.६० देखि ४.० जीपीए ल्याउने ३१ हजार २०९ जना छन् ।

यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने ६८ हजार २५६ जना, २.८० देखि ३.२० ल्याउने

जीपीए २.४० देखि २८० सम्म ल्याउने परीक्षार्थीको संख्या ४१ हजार १७७ छन् । २ हजार ९५० जनाले जीपीए २.० देखि २.४० ल्याएका छन् ।

यस वर्ष दुई लाख ४२ हजार ३१३ परीक्षार्थी नन ग्रेडमा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसमा दुई विषयसम्म नन ग्रेड हुनेको संख्या एक लाख १५ हजार ८३४ विद्यार्थी छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।

यो पनि…
एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १२ : २६ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा