साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : मन्त्री शर्मा « Khabarhub

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : मन्त्री शर्मा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताइन्। उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन् ।

नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन् ।

 भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताइन् । 

‘पत्रिकारिताको पुरानो धरातल साहित्यिक पत्रकारिता हो’, मन्त्री शर्माले भनिन्, ‘अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रकारिता बनाउनुपर्छ ।’ 

उनले संघलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रूपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताइन्।

कार्यक्रममा साहित्यिक पत्रकारहरू क्रमशः प्रा डा कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा तुलसी भट्टराई, निनु चापागाईँ, नरेन्द्रबहादुर श्रेष्ठ, डा अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठसम्मानित भए । 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ४ : २५ बजे

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित