रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन् « Khabarhub

रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन्


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि पार्टीका लागि विश्वासका पात्र नरहेको निष्कर्ष निकालेको छ ।

सभापति लामिछाने आठ दिनअघि पक्राउ परेपछि सत्ता पक्षीय दल र आफूहरूसँग दोहोरो भूमिका खेलेकाले प्रचण्डको कुरामा फस्न नहुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

रास्वपाको शनिबार बसेको बैठकमा पनि माओवादी केन्द्र र प्रचण्डको भूमिकाबारे अनौपचारिक छलफल भएको थियो । त्यस छलफलमा नेताहरूले प्रचण्डसँग कुनै पनि कुरामा विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको निचोड निकालेका थिए ।

शनिबार माओवादी केन्द्रले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । त्यहाँ रविको बचाउमा प्रचण्ड बोल्ने नेताहरूले आश गरेका थिए । तर प्रचण्डले रविको बचाउमा कुरा नगरेपछि रास्वपा नेताहरू बिच्किएका छन् ।

शनिबारको बैठकबारे जानकारी दिँदै रास्वपा सचिवालयका एक सदस्यले खबरहबलाई भने, ‘प्रचण्ड न सरकारका लागि विश्वासिला पात्र हुन् । नत्र विपक्षीका लागि नै । उनी सत्ता वरिपरि घुमिरहन्छन्, हामीले विश्वास गर्नु हुँदैन ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३६ बजे

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता