उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति « Khabarhub

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुली उपभोग गरी बिल भुक्तानी बक्यौता रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ । 

बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले विद्युत नियमन आयोगको पत्रअनुसार उद्योगहरूमा लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई बताए ।

नेपाल विद्युत प्राधिकरणले बक्यौतालाई आधार बनाएर लाइन काटेका उद्योगमा सरकारको कात्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाउनेगरी पुनः लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको बोर्डको बैठकले निर्णय गरेर उद्योगमा लाइन जोडिएको आज बुधबार १५ दिन समय बित्दापनि उद्योगीबाट प्राधिकरणले बक्यौता भने उठाउन सकेको छैन ।

प्राधिकरणले आज बुधबार उद्योगहरूमा पुनः लाइन काट्नसक्ने देखेपछि मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनको आधारमा बक्यौता बाँकी रहेका उद्योगमा पुनः लाइन नकाट्ने निर्णय बोर्डले गरेको प्राधिकरणका प्रवक्ता घोषले बताए ।

तर, प्राधिकरण बोर्ड बैठकले गरेको निर्णयमा भने दुई जना सञ्चालकले असहमति जनाएका छन् । बोर्डका सदस्य डा. कपिल आचार्य र भक्तबहादुर पुनले बोर्डको निर्णयमा असहमति जनाएका हुन् । डा. आचार्यले खबरहबसँग कुरा गर्दै पैसा नउठाई लाइन जोड्ने निर्णयले समस्या थप बल्झिने बताए ।

‘लाइन नकाट्ने निर्णय उहाँहरूले गर्नुभयो, यसो गर्नुहुँदै, १५ दिनभित्र महशुल उठाउनुपर्ने निर्देशनअनुसार नउठाउँदा लाइन् काट्न पर्यो’, उनले भने, ‘बक्यौता तिर्लान् भनेर लाइन नकाट्ने निर्णय भयो, यो झनै पैसा नउठ्ने दिशामा गयो, यसरी विवादित विषय झन बल्झिन्छ 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १ : २८ बजे

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको