केरामा देखिएको रोग नियन्त्रण गर्न माग « Khabarhub

केरामा देखिएको रोग नियन्त्रण गर्न माग


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् । किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । 

टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवर्द्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग गरिएको छलफलमा किसानले यस्तो गुनासो गरेका हुन् । 

किसानले नेपालमा गत वर्ष पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टिआर–४ प्रजाति भेटिएको हो । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टिआर–४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती गरिरहेका केरा किसान डुब्ने उनीहरूको चिन्ता छ । 

यो रोग माटोमा बस्ने ढुसी भएका कारण सङ्क्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको कृषिविज्ञको सुझाव छ । टिआर–४ प्रजाति कैलालीको टीकापुरका किसानको बारीमा देखिए पनि नियन्त्रणमा ध्यान नदिएको किसान टेकेन्द्र धामीले बताए। 

गत वर्ष राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करिब आठ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करिब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताएको थियो । सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय टीकापुरका उपप्राध्यापक आशिष घिमिरे गर्मी भएकाले यो रोग धेरै नदेखिए पनि वर्षा भएमा फैलन सक्ने बताउँछन् । 

घिमिरेका अनुसार पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नाका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रो पटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ ।

उपप्राध्यापक घिमिरेले केरामा यो प्रजातिको रोग लागेमा खेती नै विनाश हुने जोखिम रहेको बताए ।

सो सम्बन्धी छलफल कार्यक्रममा तीन पालिका टीकापुर, जानकी र लम्कीचुहाका कृषि शाखाका कर्मचारी, मूल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक व्यापारी, मध्यस्थकर्ता व्यापारी, खुद्रा व्यापारी सहभागी थिए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ ।

यो याममा नेपालमा केरा अभाव हुने र भारतीय केराले बजार ढाक्दा यहाँ उत्पादन भएको केराले समेत मूल्य नपाएको किसानको गुनासो छ । यसका साथै केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे व्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक