प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् । ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे
चीनको छन्दुमा परराष्ट्रमन्त्री, त्यहीँ चिनियाँ समकक्षीसँग वार्ता हुने
प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा
वनमन्त्री ठकुरीसंग दक्षिण कोरियाका राजदूतको भेट
सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच भेट
गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना
‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’
बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत
सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम दिन बिहीबार नेकपा एमालेले चुनावी सभा गरेको छ।
मध्यराति १२ बजेदेखि मौन अवधि शुरु हुने भएपछि एमालेले महासचिव शंकर पोखरेललाई लगेर चुनावी सभा गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार डा। सुरेन्द्र मानन्धरका लागि भोट मागेका छन् ।
एमालेले कांग्रेसलाई टक्कर दिने गरी केन्द्री सदस्यलाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।
कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)
कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू)
आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निषेध
गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)
गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि निकाल्ने क्रममा उनका समर्थक र कार्यकर्ताले नाराबाजी पनि गरे ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । कात्तिक २ गते पक्राउ परेपछि स्थलमार्गबाट पोखरा लगिएका रविलाई फर्काउँदा भने जहाज प्रयोग गरिएको हो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई पोखरा लगिएको ४१ दिनपछि काठमाडौं ल्याइएको हो ।
रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै
बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध
उपत्यकाबाट हराएका २७ मोटसाइकल भेटिए
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए। गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए।
कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु
रसुवामा आगलागी हुँदा तीन घर जले, २७ लाख बराबरको क्षति
मध्यपहाडी लोकमार्ग : बागलुङ र पर्वतमा पाँच पुल बन्दै
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’
ऐतिहासिक गाजाको दह : पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरिए
पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ। स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् ।
पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि भूस्खलन भएको हो । यहाँँ भूस्खलन सामान्य छ । यस जिल्ला राजधानी कम्पालाबाट करिब २८० किलोमिटर पूर्वमा पर्दछ ।
इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु
‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’
श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु
एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
प्रतिक्रिया