२२ ठेकेदार कम्पनी कालोसूचीमा « Khabarhub

२२ ठेकेदार कम्पनी कालोसूचीमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।

कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रालि चितवन, श्री जे.जे. विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्राली लगायत छन् । ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ ।

कालोसूचीमा रहेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २२ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई