राजस्व सचिव भन्छन् : आर्थिक गतिविधि बढाउन राजस्व दर चलायौँ « Khabarhub

राजस्व सचिव भन्छन् : आर्थिक गतिविधि बढाउन राजस्व दर चलायौँ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले देशमा आर्थिक गतिविधि बढाउन राजस्वका दरमा हेरफेर गरिएको बताएका छन्।

मंगलबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटबारे बुधबार मन्त्रालयमा आ‍योजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘आर्थिक गतिविधिलाई चलायमान गराउने गरी राजस्वदर चलाएका हौँ । राजस्व उठाउनेमात्रै उद्धेश्यले होइन’, उनले भने, ‘वैदेशिक लगानी भित्र्याउन र प्रवर्द्धन गर्ने नीति पनि लिएका छौँ । राजस्व दर वृद्धिभन्दा पनि दायरा वृद्धिलाई हेर्यौं ।’

उनले आलुप्याज र स्याउमा कर घटाउनुको कारणबारे पनि जवाफ दिएका छन् ।

‘पहिले स्वदेशी कृषकलाई प्रोत्साहित गर्न बढाइएको थियो, तर तल्लो तहमै भार पर्‍यो’, उनले भने, ‘त्यसैले घटायौँ ।’

उनले हरित कर पनि अत्यन्त न्यून लगाइएको जवाफ दिए । ‘जैविक इन्धन प्रयोग गर्ने उद्योगमा लगाउने निर्णय भएको हो । यो निकै न्यून लाग्छ । ५० पैसाबाट शुरू हुन्छ । खासै भार पर्दैन’, उनले भने ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : २९ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित