रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते « Khabarhub

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

 रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा  बिहान ८ बजे  दुर्घटना भएको हो ।

दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा  भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्।

अन्य सात जना घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : ०२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका