हवाई सुरक्षाबारे संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव « Khabarhub

हवाई सुरक्षाबारे संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको हवाई यातायात सुरक्षाबारे प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । आज (बिहीबार) दर्ता भएको सो प्रस्तावमा सरकारको विषयगत मन्त्रालयदेखि नियामकसँग झण्डै डेढ दर्जन प्रश्नमा जवाफ माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद्‌ सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय संगठनहरूले नेपालको हवाई उड्ययन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एअरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधार गरी विश्वसनीयता बढाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी हुन्‌ ।

सांसद्‌ गौतमले नेपालको हवाई सुरक्षा मामिलालाई सुरक्षा मापदण्ड र ईयूको कालोसूचीमा परेको दुई कोणबाट हेर्नुपर्ने बताइन्‌ । विश्वभर नै हवाई यातायात अन्य यातायातको तुलनामा सुरक्षित मानिए पनि नेपालको सन्दर्भमा तुलनात्मक रूपमा सुरक्षित भनिएको हवाई क्षेत्रमा हरेक वर्ष एउटा न एउटा दुर्घटना भइरहेको उनले उल्लेख गरिन्‌ ।

दुर्घटना हुनुका थुप्रै कारण सरकारले थाहा पाएपछि पनि हवाई यातायात सुरक्षित बनाउन गम्भीरतापूर्वक नलागेको गौतमले दाबी गरिन्‌ । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग हवाई सुरक्षासँग सम्बन्धित झण्ठै डेढ दर्जन सवाल पनि गरेकी छिन्‌ ।

नेपालमा हवाई दुर्घटना हुँदा धेरैजसो मौसमलाई दोष दिने गरिएको र बादलमा पसेर विमान ठोक्कियो भन्ने किसिमका कुराहरू धेरै सुनिएको, तर नेपालको जस्तो छिनछिनमा मौसम बदलिने देश त अरू पनि भएकोमा अन्त दुर्घटना नहुने, नेपालमा भइरहने किन भनी गौतमले प्रश्न गरेकी छन्‌ ।

मौसम प्रतिकूलताको उपाय कम गर्न सक्ने उपायहरू कत्तिको प्रयोगमा आएका छन्‌ भन्दै उनले भीएफआरको साटो आइएफआर फ्लाइटमा किन जोड नदिएको भनी अर्को प्रश्न गरिन् ।

पाइलटहरूलाई भीएफआर इन्टु आइएमसी (इन्स्ट्रुमेन्ट मेटोरोलोजिकल कन्डिसन) प्रयोग गर्नुपर्ने बाध्यताबारे पनि उनले जानकारी माग गरेकी छिन् ।

पाइलट, जनशक्तिको योग्यता, एअर ट्राफिक कन्ट्रोलर, विमान कम्पनी, विषयगत मन्त्रालयदेखि नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण समेतलाई जवाफदेही बनाउनुपर्ने भन्दै सो प्रस्तावमा सरकारसँग जवाफ माग भएको छ ।

प्रस्तावमाथि विभिन्न दलका सांसद्‌हरूले धारणा राख्दै हवाई सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ४० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप