छुट्टाछुटै दुर्घटनामा छ जना घाइते « Khabarhub

छुट्टाछुटै दुर्घटनामा छ जना घाइते


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् ।

धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका छन् ।

सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी नगरपालिका ४ तल्लो कटारी निवासी ३६ वर्षीय दीपक परियार, स्कारपियोमा सवार कटारी नगरपालिका ४ तल्लो कटारी निवासी ५३ वर्षीय राजिव थापा, ४९ वर्षीय पुष्पा थापा, मोरङको विराटनगर महानगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी थापा, ६८ वर्षीय हरि थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको प्रहरीको भनाइ छ । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ कमाने शान्ति टोलस्थित खण्डमा स्कुल बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षीया पूर्णकुमारी थापा घाइते भएका छन् ।

मिलनचोकबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना१क ६५३२ नम्बरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री थापा घाइते भएको प्रहरीले जनाएको छ । निधार, हात खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : २३ बजे

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि