रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से  « Khabarhub

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ ।

आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा २ अंकले घटेर सुरु भएको शेयर बजार खुलेको केही समयमै घट्न थालेको थियो । १२ः१४ सम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । १ः४५ तिर बजार हरियाली देखिएको भए पनि त्यो हरियाली केही बेर पनि टिकेन ।

आज नेप्से परिसूचक उच्चतम २४९४ विन्दु र न्यूनतम २४४४ विन्दु पुगेको थियो ।

आइतबार १३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएको छ । आज उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६ हजार ७४७.५३ विन्दुमा पुगेको छ ।

देशभर बाढी पहिरोले जलविद्युत कम्पनीमा क्षति पुराएकाले गर्दा आज सबैभन्दा बढी जलविद्युत समूह सबैभन्दा बढी २.४० प्रतिशतले घटेर २ हजार ९५५.८० विन्दुमा आएको छ ।

आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेर १२ हजार ५७४.९० विन्दुमा झरेको छ ।

त्यस्तै, वाणिज्य बैंक ०.७४ प्रतिशतले, विकास बैंक ०.९० प्रतिशतले, फाइनान्स १.८३ प्रतिशतले, होटल एण्ड टुरिजम १.८२ प्रतिशतले, लगानी १.४७ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, लघुवित्त ०.२९ प्रतिशतले, म्युचुअल फण्ड १.२१ प्रतिशतले, निर्जीवन बीमा ०.१७ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह २.९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : १३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा