हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’ « Khabarhub

हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त स्वर दिएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ ।

काठमाडौँस्थित जमलको एक हलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा ब्रिजेश, हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् ।

हाकिमले र्‍यापरहरुको जमघटको उद्देश्यले औपचारिक कार्यक्रम गरी गीत सार्वजनिक गरेको बताए ।

उनले भने, ‘हाम्रोमा एकैपटक विभिन्न प्लाल्टफर्ममा सार्वजनिक गर्ने प्रचलन छ । आर्थिक कारणले त्यस्तो भएको पाइन्छ । तर, यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्‍यापर गिरिश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।

‘यसरी र्‍यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ । अहिलेको नयाँ पुस्ताले समेत र्‍यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु,’  गरिशले भने ।
कार्यक्रमको अथितिका रुपमा र्‍यापर मानस घले पनि उपस्थिति थिए । उनले पनि उक्त गीतलाई सफलताको शुभकामना दिए ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १२ : ४९ बजे

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन