शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख « Khabarhub

शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरूको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताए ।

राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरू दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले  नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने शहीदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ ।’

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : ४८ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती