सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ « Khabarhub

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संसद् सचिवालय सिंहदरबारमा विभिन्न बिषयगत समितिका सभापतिका र राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअघि नै विधेयकहरू पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराएका हु्न् ।

आगामी अधिवेशनमा आउनसक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।

अझै धेरै विधेयकहरू समितिमा टुङ्गो लाग्न बाँकी रहेको बताउँदै उनले छिटो टुङ्ग्याउने काममा गति दिन आफूले आग्रह गरेको जानकारी दिए ।

उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेरा हल गर्न सबैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयक समितिमा रहेकाले छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए ।

आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरू पेस हुने उनको भनाइ छ । सहकारीको समस्या पूर्णरुपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानून निर्माण हुने गिरीले बताए ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको बताए ।

उनले त्यहीकारण विधेयकहरूमाथि छलफल रोकिएको बताए । छिट्टै विधेयक अघि बढाउन सभामुख घिमिरेले निर्देशन दिएको पनि उनले जानकारी दिए ।

त्यस्तै बैठकमा समिति सभापतिहरूले संसदीय समितिहरूका निर्देशन पालनाका लागि सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ५५ बजे

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको