‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई « Khabarhub

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताएका छन्‌ ।

पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित  नागरिक संवाद तथा चियापान कार्यक्रम–२०८१ मा उनले निर्वाचित जनप्रतिधिनिलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा सङ्घीय गणतन्त्र सृदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राखेका हुन्‌ ।

भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतिको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिए । उनले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नुपर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राखे ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गम्भीर विषय रहेको भन्दै उनीहरुको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाजलगायत हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय सहमतिका आधारमा छिमेक मित्रराष्ट्र भारतसँग कृषि, विद्युत्‌ लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भीररुपमा छलफल गरी मुलुकको चुलिँदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा भट्टराईको जोड थियो ।

उनले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गरे ।

बैंकिङ क्षेत्रले औद्योगिक एवं पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने जनाउँदै वित्तीय संस्था एवं बैंकबाट लिएको ऋण नतिर्न अफवाह फैलाउनेलाई ऐन, नियमअनुसार कारबाही गर्र्नुपर्ने सुझाव भट्टराईले सुझाव दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ०४ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल