‘१२ गाउँ’ बाटै समीरको डेब्यू पक्का भएपछि के भन्छन् सन्तोष सेन ? | Khabarhub Khabarhub

‘१२ गाउँ’ बाटै समीरको डेब्यू पक्का भएपछि के भन्छन् सन्तोष सेन ?


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र क्षेत्रमा अभिनेता विराज भट्टका छोरा समीरको डेब्यू फिल्मको चर्चा छ । यसअघि उनको डेब्यू फिल्म कुन रहला भन्ने कौतुहलताको विषय थियो ।

समीरको डेब्यू फिल्म आशुसेन फिल्म प्रोडक्सनको ‘बलिदान’ वा होम प्रोडक्सन विराज भट्ट फिल्मस् प्रोडक्सनको ‘१२ गाउँ’ हुन्छ भन्ने अन्योलता सिर्जना भएको थियो ।

निर्माण घोषणासँगै विराजले होम प्रडक्सनबाटै समीरको डेब्यू हुने दाबी गरेका थिए । त्यसको केही समयमै सन्तोष सेनको फिल्म ‘बलिदान’मा समीर अनुबन्ध भए । सन्तोषले पनि समीरको डेब्यू फिल्म आफ्नै रहने घोषणा गरेका थिए ।

‘१२ गाउँ’ छायाङ्कनको अन्तिम चरणमा छ । निर्माण पक्षले अबको १० दिनमा छायाङ्कन पूरा हुने बताउँदै यही दशैंलाई प्रदर्शन मिति तय गरेको छ । विराज खबरहबसँग भन्छन्, ‘दसैंलाई प्रदर्शन मिति तोकिएको छ । अब पक्का फिल्म त्यही मितिमा आउँछ ।’

उता; बलिदानको छायाङ्कन अहिलेसम्म भएको छैन । यस फिल्मका लागि विराटनगरसहित नेपालको पूर्वी क्षेत्रमा सेट निर्माण हुँदैछ । हाल उनी यही फिल्मको कामले मुम्बईमा छन् । उनका अनुसार फिल्म छायाङ्कनको तालिका ६० दिनको छ । छायाङ्कन सुरु हुन अझै केही समय लाग्ने उनी बताउँछन् ।

त्यस हिसाबले दशैंअघि बलिदान प्रदर्शनमा नआउने निश्चित छ । यसले समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ नै हुने पक्का भएको छ । स्तरीय एक्सन दर्शकमाझ पस्कने लक्ष्य लिएर विराजले फिल्म निर्माण गरेका हुन् । उनी सुरुवातदेखि नै छोरालाई आफ्नै फिल्मबाट डेब्यू गराउन चाहन्थे ।

गत चैत ९ गते विराजले आफ्नै फिल्मबाट छोराको डेब्यू हुने संकेत गर्दै खबरहबसँग भनेका थिए, ‘मेरो फिल्मको छायाङ्कन तालिका अगाडि छ । त्यसपछि समीरलाई बलिदानका लागि उपलब्ध गराउँछु ।’

के भन्छन् विराज र सन्तोष ?
सन्तोष सेनको पनि समीरलाई आफ्नै फिल्मबाट डेब्यू गराउने तीव्र इच्छा थियो । उनले समीर बलिदानमा अनुबन्ध भएको जानकारी दिँदै डेब्यू फिल्म रहने घोषणा गरेका थिए ।

सोही समय सन्तोषले दाबी गरेका थिए, ‘समीरको डेब्यू बलिदानबाट हुन्छ ।’ तर, सेट र प्राविधिक टोलीलगायतका कामले बलिदान छायाङ्कन मिति पछि सर्‍यो । वैशाखमा छायाङ्कनमा निस्किएर दशैंमा प्रदर्शनमा ल्याउने उनको योजना पूरा भएन ।

बलिदानको छायांकन सरेकाले समीरलाई १२ गाउँबाटै डेब्यू गराउने निर्णयमा पुगेको विराज बताउँछन् । ‘अन्य ब्यानरको अविश्वासले होम ब्यानरबाट डेब्यू गराउने त लागेको होइन ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘होइन, सन्तोषजी ठूलो क्यानभासको फिल्म बनाउने मान्छे ! अविश्वास गर्ने कारण छैन । मात्र छायाङ्कन ढिला भएको हो ।’

सहमतिमै समीरको डेब्यू ‘१२ गाउँ’बाट गराउने तयको भएको सन्तोष सेनले खबरहबलाई बताए । उनले भने, ‘मेरो फिल्म ढिलो छायाङ्कनपछि धकेलियो । त्यसपछि मैले आफ्नै फिल्मबाट डेब्यू गराउनुस्‌ भनेँ । म खुसी छु ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : २७ बजे

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन माग

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको

मुकुल ढकालको निष्कर्ष – रास्वपामा गाली मात्रै छ, ‘भिजन’ र ‘प्लान’ केही छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-१२

मुकुलले समीक्षा यात्राको प्रतिवेदनमै लेखे- मलाई घोक्र्याएर पार्टीबाट निकाल्न सक्छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल

पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ विमोचन

काठमाडौं– ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘ट्राफिक पुलिस मिरर