गोडारखोलामा मोटरेबल पुल निर्माणले स्थानीयलाई सहजता « Khabarhub

गोडारखोलामा मोटरेबल पुल निर्माणले स्थानीयलाई सहजता


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको गोडारखोलामा मोटरेबल पुल निर्माण भएसँगै त्यहाँका स्थानीयलाई आवतजावतमा सहजता भएको छ ।

पूर्वाधार विकास कार्यालयले मध्यविन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा पुल निर्माण गरेको हो । विसं २०८० असोजमा देवचुली निर्माण सेवासँग सम्झौता गरेको ४५ मिटर लम्बाइको पुल २०८२ साल असोज १८ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । 

पाँच करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ ३ गते काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा १३ महिना पहिला काम सम्पन्न गरेको उनले बताए। निर्माण सुस्तगतिमा हुने गरेको भन्ने गुनासो रहने गरेकामा ठूलो पुलअन्तर्गत पर्ने उक्त योजना तीव्रगतिमा सम्पन्न हुनु सकारात्मक विषय भएको उनले बताए।

 उनले भने, ‘कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे सम्भव हुँदोरहेछ भन्ने सकारात्मक उदाहरण गोडारखोलाको पुल बनेको छ ।’ यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न ऊर्जा थप्ने उनले बताए।

पुल निर्माणको अन्तिम म्यादभन्दा अघि नै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको मध्यविन्दु नगरपालिका–१५ का वडाध्यक्ष यमबहादुर केसीले बताए । 

पुलले वडा नं १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उनले बताए । पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा खोला वारपार गर्न समस्या हुने गरेकामा उक्त बाध्यता हटेको अध्यक्ष केसीले बताए।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : ५१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना