सुनुवाइ समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल « Khabarhub

सुनुवाइ समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ ।

प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने छ ।

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १० : १२ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड