पाकिस्तानको खैबर पख्तुनख्वामा अतिवादी लडाकु समूहको बिगबिगी « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा अतिवादी लडाकु समूहको बिगबिगी


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अतिवादी लडाकु समूहको बिगबिगी बढ्दै गएको पाइएको छ । अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा पाकिस्तानमा सक्रिय लडाकु समूहको सक्रियता बढ्दै गएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सो क्षेत्रमा तहरिक ए तालिबान पाकिस्तान, लस्कर ए इस्लामजस्ता लडाकु समूहले गस्ती गर्दै आएका छन् । यसबाट स्थानीय बासिन्दा त्रसित भएको समाचारमा जनाइएको छ ।

खैबर पख्तुनख्वाको पिर मेला र मैदान लगायतका क्षेत्रमा तालिबान र लस्कर ए इस्लाममा संलग्न लडाकु गाडी चढेर आउने जाने गरेका छन् । त्यसबाहेक बार कम्बरखेल, आदमखेल, थियराइजस्ता क्षेत्रमा पनि लडाकु समूहको सक्रियता बढेको पाइएको छ ।

सो क्षेत्रमा सुरक्षाकर्मीले स्थानीयलाई बारम्बार चेकजाँच गर्ने भए पनि लडाकुहरू भने खुल्लमखुल्ला हिँडिरहेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् । असुरक्षाका कारण ती क्षेत्रबाट मानिसहरू पलायन समेत हुँदै आएको जनाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : १९ बजे

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत