काठमाडौं– कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच सम्झौता भएको छ ।
बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन दुवै निकायको प्रतिविद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।
सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागीताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री बेदुराम भुसालले बताए ।
आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसंगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।
प्रतिक्रिया