अपराजित पुलिसको आठौँ जित, लुम्बिनी १ सय ३ रनले पराजित « Khabarhub

अपराजित पुलिसको आठौँ जित, लुम्बिनी १ सय ३ रनले पराजित


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १ सय ३ रनको फराकिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

मौसमका कारण ३८ ओभरमा छोट्टाइएको खेलमा पुलिसका आरिफ शेखले ७६ रन बनाए । ओपनर कुशल भुर्तेलले ४८ रन बनाउँदा करण केसीले आक्रामक अर्धशतक पूरा गरे । उनले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए ।

लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा वीर मगरले ३ र कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए ।

२४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । लुम्बिनीका दिलसाद अलिले ३६ र नर सार्कीले ३१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसका कुशल भुर्तेलले ३ र करण केसीले २ विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान र रोशन भुसालले समान १-१ विकेट लिए ।

यसअघि नै प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको पुलिसको यो प्रतियोगितामा लगातार आठौँ जित हो ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित