कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।

बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो।

काम भइरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरि काम सुरु गरेका थिए। तर, १५ मिनेट पछि एक्कासि  विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको  विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए। सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल  विद्युत प्राधिकरणबाट ठेक्का लिई लाइन स्तरवृद्धिको काम गर्दैछ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : २४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००