‘ज्वाइँ साब’मा जितुको जोडी नीति  « Khabarhub

‘ज्वाइँ साब’मा जितुको जोडी नीति 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ ।

शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

फिल्ममा हास्य अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो फिल्म हो । फिल्ममा रमेश बुढाथोकी, प्रकाश घिमिरे, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।

फिल्ममा जितु ज्वाइँको भूमिकामा देखिनेछन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायांकार श्याम तामाङ हुन् ।

राज कुमार पण्डित प्रस्तुत कर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

फिल्मलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  २ : ५१ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी