चीन र भारतसहित पाँच देशका राजदूत भदौ १५ सम्म फिर्ता आउनुपर्ने « Khabarhub

चीन र भारतसहित पाँच देशका राजदूत भदौ १५ सम्म फिर्ता आउनुपर्ने


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीन, भारत र अमेरिकासहित पाँच मुलुकका आवासीय राजदूत आगामी भदौ १५ गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले यसबारे जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासङ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको गुरुङले बताए ।

सोमबारकै मन्त्रिपरिषद्‍बाट ती मुलुकका लागि नयाँ आवासीय नेपाली राजदूत पठाउने निर्णयअनुसार सिफारिस भइसकेको छ ।

चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, अष्ट्रेलियाका लागि कान्ता रिजाल, रुसी महासंघमा जंगबहादुर चौहान, दक्षिण अफ्रिकामा प्रा. डा. कपिलमान श्रेष्ठ र श्रीलंकामा रामकृष्ण भट्टराईलाई पठाउने गरी सिफारिस भएको छ।

१८ देशका लागि राजदूत

१‍. डा. शंकरप्रसाद शर्मा –भारत
२. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. कान्ता रिजाल –अष्ट्रेलिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ४४ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र