चीन र भारतसहित पाँच देशका राजदूत भदौ १५ सम्म फिर्ता आउनुपर्ने « Khabarhub

चीन र भारतसहित पाँच देशका राजदूत भदौ १५ सम्म फिर्ता आउनुपर्ने


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीन, भारत र अमेरिकासहित पाँच मुलुकका आवासीय राजदूत आगामी भदौ १५ गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले यसबारे जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासङ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको गुरुङले बताए ।

सोमबारकै मन्त्रिपरिषद्‍बाट ती मुलुकका लागि नयाँ आवासीय नेपाली राजदूत पठाउने निर्णयअनुसार सिफारिस भइसकेको छ ।

चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, अष्ट्रेलियाका लागि कान्ता रिजाल, रुसी महासंघमा जंगबहादुर चौहान, दक्षिण अफ्रिकामा प्रा. डा. कपिलमान श्रेष्ठ र श्रीलंकामा रामकृष्ण भट्टराईलाई पठाउने गरी सिफारिस भएको छ।

१८ देशका लागि राजदूत

१‍. डा. शंकरप्रसाद शर्मा –भारत
२. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. कान्ता रिजाल –अष्ट्रेलिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै