आजका समाचार : राजदूतहरुले भदौ १५ सम्म फर्किसक्नु पर्ने, उपत्यकामा बाढी आतंक, मारिए हमासका शीर्ष नेता | Khabarhub Khabarhub

आजका समाचार : राजदूतहरुले भदौ १५ सम्म फर्किसक्नु पर्ने, उपत्यकामा बाढी आतंक, मारिए हमासका शीर्ष नेता


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् ।

उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।

कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।

आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति

चीन र भारतसहित पाँच देशका राजदूत भदौ १५ सम्म फिर्ता आउनुपर्ने

सरकारले चीन, भारत र अमेरिकासहित पाँच मुलुकका आवासीय राजदूत आगामी भदौ १५ गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले यसबारे जानकारी दिएका हुन् ।

कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

हरेक वर्ष डुबानमा पर्छ एमाले मुख्यालय (तस्बिरहरू)

ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् ।

बालकुमारीतर्फबाट क्रमश: होचिएको भूगोलमा रहेको एमाले मुख्यालय र च्यासल मैदानमा मंगलबार रातभर पानी परेपछि आएको बाढी पस्यो ।

काठमाडौंमा बाढी : ३६ जनाको उद्धार

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

बल्खु खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु

हनुमन्तेमा बाढी : भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति

भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो

परराष्ट्रमन्त्रीको गुनासो- शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ

परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थीत विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएकी हुन् ।

सो क्रममा उनले कहिबेर सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए । कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए ।

द्वन्द्वको घाउ बाँकी नै छ, पीडितको न्याय मर्न दिँदैनौँ : उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने बताएका छन् ।

बुधरबार प्रकाश स्मृति दिवसको अवसरमा इन्सेकले आयोजना गरेको प्रकाश स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताए ।

विद्युतीय व्यापारसम्बन्धी कानून अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथाशक्य छिटो अन्तिमरुप दिन अनुरोध गरेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विद्युतीय व्यापारसम्बन्धी कानून आवश्यकता मात्र नभएर अनिवार्य भएको भन्दै विधेयकलाई अन्तिम रूप दिन अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

पूर्वाधार विकासमा जनचाहना पूरा गर्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।

रविले गृहमन्त्रीलाई भने- ‘मिडिया ट्रायल’ गरेर हैरान बनाउँछन्, जोगिएर काम गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले मन्त्रालयमा बसेर काम गर्दा आफूअनुकुलको मिडिया ट्रयाल हुने गरेको बताएका छन् ।

नियम र प्रक्रियाका आधारका काम गर्दा पनि आफूले विभिन्न आरोप खेप्नु परेको भन्दै उनले सजग भएर अघि बढ्न गृहमन्त्री रमेश लेखकलाई सुझाएका छन् ।

पूर्वाधार विकासमा जनचाहना पूरा गर्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।

हाल विभागले झोलुङ्गे पुल, ग्रामीण सडक, ग्रामीण सडक पुल, पालिकाहरूको प्रशासकीय भवन निर्माण, साना सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए ।

संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

कृषि समिति सभापति थापाले लिइन् शपथ

प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति कुसुमदेवी थापाले शपथ लिएकी छन् ।

बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, तीन सदस्यीय कार्यदल गठन

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूबीच साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटको सामना गर्न नसकिने बताएका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ ।

 

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी, सोधियो स्पष्टीकरण

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका २ जना सदस्यलाई हटाउने तयारीस्वरुप स्ष्टीकरण सोधेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधेको हो । उनीहरूलाई जिम्मेवारीबाट हटाउने तयारीस्वरुप प्रक्रिया अगाडि बढाइएको हो ।

अन्तर्राष्ट्रिय…

हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या

हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । गाजामा शासन गर्ने समूहको एक विज्ञप्तिमा उनको मृत्युको दोष इजरायललाई लगाएको छ।

हानिया र उनका एक अंगरक्षक बसेको भवनमा आक्रमण भएको थियो । सोही आक्रमणमा उनीहरू मारिएका बताइएको छ । हमासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हनियाह मंगलबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिन तेहरानमा थिए ।’

ब्याजदर बढेसँगै जापानमा येनको मूल्य बढ्यो

विद्यार्थीमाथि दमनविरुद्ध बंगलादेशको दूतावास घेरेर प्रदर्शन (तस्बिरहरू)

भारतको केरलामा पहिरोमा पुरिएर १२३ जनाको मृत्यु

खेलकुद…

पेरिस ओलम्पिक- जापानलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो चीन

पेरिस ओलम्पिक- नेपालका प्रिन्स दाहाल ब्याडमिन्टनका तीनै खेलमा पराजित

पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले जिते कति पदक ?

ओलम्पिकमा अमेरिकाको प्रेरणा बन्दै सुपर स्टार वाइल्स

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : १९ बजे

पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना

तनहुँमा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका

दशैं मनाउन गाउँ गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरू)

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको