जनकपुरधाममा खुलेआम बिक्री हुँदै पटाका, प्रहरी मुकदर्शक | Khabarhub Khabarhub

जनकपुरधाममा खुलेआम बिक्री हुँदै पटाका, प्रहरी मुकदर्शक


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधाममा दिपावलीको दिन (आज)  खुलमखुल्ला पटाका बिक्री भइरहेको छ । 

पटका, भुईचम्पा लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा प्रहरीकै अगाडि यसको खुलेआम बिक्री भइरहेको हो ।

जिल्लाको भारतसँगको मुख्य भन्सार नाका जटही भन्सार नजिकको बजार क्षेत्र र मधेसको राजधानी जनकपुरधाम बजार क्षेत्रमा प्रहरीकै अगाडि विभिन्न प्रकारका पट्का बिक्री वितरण भइरहेपनि प्रहरी प्रशासनले भने नियन्त्रणमा चासो देखाएको छैन् ।

अहिले जनकपुरधामको जानकी मन्दिर आसपास क्षेत्रमा त्रिपाल टाँगेर पटका बिक्रीका लागी राखिएको छ । पट्का बिक्री वितरणमा बालबालिका समेत संलग्न रहेको पाइएको छ । 

 मधेश प्रदेशको राजधानी जनकपुरधाममै पटाका पाइएपछि भारततर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पर्दाथ धेरैले खरिद गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताए । 

उनले भने‘ इन्सपेक्टरको नेतृत्वमा टोली खटेको छ । हल्काफुल्का पटका नियन्त्रणमा पनि लिएका छौँ । अझै कडाइ गरेर चेकजाँच गर्ने छौ ।’

चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काइने पटकाका कारण आगलागी तथा अङ्गभङगको समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ ।

पटका लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ४१ बजे

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने

काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका

रवि हिरासतमा हुँदा रास्वपा नेता किन भेट्दैछन् मन्त्रीदेखि प्रधानमन्त्री ?

काठमाडौं– यही कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रधानमन्त्रीले फुटबलरलाई भने- ५० हजार दर्शक अट्ने रंगशाला बनाउन जग्गा खोज्दैछौँ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता

साफ फुटबलका उपविजेतालाई तिहारलगत्तै पुरस्कार, जनही तीन लाख दिइने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता

भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु

एजेन्सी– मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच