आजका समाचार : सहकारीसम्बन्धी अध्यादेशमा सुझाव, एकीकृत समाजवादीका नेता माओवादी प्रवेश र सिरियामा १० जनाको हत्या | Khabarhub Khabarhub

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेशमा सुझाव, एकीकृत समाजवादीका नेता माओवादी प्रवेश र सिरियामा १० जनाको हत्या


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण
सत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा ओलीलाई सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका केही प्रावधानहरू परिमार्जन गर्न आग्रह गरेको छ ।

एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेडले अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विभाग प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै पत्र बुझाएर अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।

असल विद्यार्थी भए मात्रै समाज राम्रो बन्छ : उपप्रधानमन्त्री सिंह

‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’

देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे

पाथीभरा केबलकारबारे पहल गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयलाई

कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ : मन्त्री यादव

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)को पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।

माओवादी केन्द्र चितवनले शनिबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् ।

अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा यसले पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गरे ।

आफूले १८ महिना सरकारमा रहेर थालनी गरेको नयाँ अभियानबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रस्ट रूपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणको थालनी गरिएको बताए ।

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश

वर्तमान सरकारले संसद्कै अपमान गर्‍यो : सचिव पौडेल

नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : महासचिव गुरुङ

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे

खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।

जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढी पहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग २८ करोड ६५ लाख ३१ हजार छ सय ४८ सहयोग माग गर्ने निर्णय गरेको हो ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्यांकनअनुसार सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहेको नगरप्रमुख ब्याञ्जूले बताए। उनका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्‍याएको थियो ।

डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

वडामै योजना सम्झौता : समय र खर्चको बचत

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन्।

मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लाग्ने भएको छ। राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन्।

उनले सो ब्लकले आफूलाई राम्रो व्यवहार नगरेको बताए। हजारौँ अवैध आप्रवासी अमेरिकामा प्रवेश गर्ने क्रममा क्यानडा र मेक्सिको प्रवेशद्वारको रूपमा प्रयोग भएकोमा ट्रम्पले आपत्ति जनाउँदै आएका छन्। उनले यी विषयमा पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको बताए। यी तीन देशबाट अमेरिकामा गत वर्ष ४० प्रतिशत सामान आएको थियो।

भारतको बजेटमा अर्थतन्त्र सुदृढीकरण र समावेशी विकासमा जोड

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

सिरियामा १० जनाको गोली हानी हत्या

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

हमासले रिहा गर्‍यो दुई बन्दी

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ४० बजे

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा