नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ सम्पन्न « Khabarhub

नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ सम्पन्न

बालबालिकाका अद्वितीय क्षमता उजागर


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस चर्चित प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमता उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ ।

प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताहरूले आफ्नो उल्लेखनीय प्रदर्शनका साथ निर्णायक मण्डल र उपस्थित दर्शकहरूलाई  आकर्षित गरे । बाल प्रतिस्पर्धीहरूको उत्साह र प्रस्तुतिले कार्यक्रममा ऊर्जाको सञ्चार गराएको थियो ।

यस वर्षका मुख्य विजेताहरूका रूपमा जुनियर गर्ल्सतर्फ आभ्या ढकाल, सिनियर ब्वाइजतर्फ जोसेफ राई र सिनियर गर्ल्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को प्रतिष्ठित उपाधि हात पारेका छन् । उनीहरूले आफ्नो अद्वितीय प्रस्तुति र कलाले सबैको मन जित्न सफल भएका थिए ।

अन्य उपाधि विजेताहरू:

फस्ट रनरअप:

जुनियर गर्ल्स: ताशी लामु शेर्पा

सिनियर गर्ल्स: आयुषी काफ्ले

सिनियर ब्वाइज: उर्गेन दॊर्जे लामा

सेकेण्ड रनरअप:

जुनियर गर्ल्स: रुहारिका श्रेष्ठ

सिनियर ब्वाइज: कियान जंग कार्की

सिनियर गर्ल्स: सिपोरा सुनुवार

थर्ड रनरअप:

जुनियर गर्ल्स: समृद्धि तामाङ

सिनियर ब्वाइज: रितेज तामाङ

सिनियर गर्ल्स: तिमिला श्रेष्ठ

फोर्थ रनरअप:

जुनियर गर्ल्स: जयश्री पुडासैनी

सिनियर गर्ल्स: रुविशा थापा

विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा पुरस्कृत गरिएको थियो, जसले उनीहरूको हौसलालाई थप बढाएको छ । यस वर्षको प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन नेपालका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक रहेका थिए ।

निर्णायक मण्डलमा ब्युटिफुल माइन्ड्स प्रि-स्कुलकी संस्थापक प्रिन्सिपल नीलिमा मास्के श्रेष्ठ, वरिष्ठ मिडियाकर्मी लभ कार्की, सफल व्यापार उद्यमी पाबिना खड्का, सीजी-लर्निङका प्रमुख ब्रान्डिङ, पार्टनरसिप र रणनीतिक अधिकारी शिरिष रत्न तुलाधर, काठमाडौँ वर्ल्ड स्कूलका वरिष्ठ स्कुल को-अर्डिनेटर प्रणब जोशी, ड्याफोडिल पब्लिक स्कुलकी स्कुल सुपरभाइजर तरला शेर्पा र न्युज दैनिकका सम्पादक कल्पना शर्मा रहेका थिए । निर्णायकहरुको मूल्यांकन र विशेषज्ञताले प्रतियोगिताको गरिमालाई थप उचाइमा पुर्‍याएको थियो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मूल उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउनु रहेको बताए ।

फैजुले भने, ‘यस प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । उनीहरू विदेशमा समेत कलाका माध्यमबाट चम्कनेछन् ।’

प्रतियोगिताको कोरियोग्राफी पनि राज फैजुले नै गरेका थिए भने आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ हरेक वर्ष बालबालिकाका लागि एउटा रचनात्मक, प्रेरणादायी र सशक्त मञ्च बन्दै आएको छ । यसले नेपाली बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र उज्ज्वल भविष्यका लागि तयार हुन प्रोत्साहन गरिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ०९ बजे

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका