अर्थसंक्षेप : आईपीओमा कडा निर्देशिका आउने, वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गर्न आग्रह र १३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण | Khabarhub Khabarhub

अर्थसंक्षेप : आईपीओमा कडा निर्देशिका आउने, वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गर्न आग्रह र १३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

१३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ । नेप्से १२.९१ अंक (०.४६ प्रतिशतले) बढेर परिसूचक २७६३.७४ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई-सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने 

‘लकइन’ अवधिमा सेयर कारोबार गर्ने कम्पनीको छानबिन गर्दैछौँ
नियुक्ति प्रक्रियामा लम्बेतान हुँदा विगतमा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)का कैयन साधारणदेखि नीतिगतसम्मका काम रोकिएका थिए । ८० भन्दा बढी कम्पनीका त आईपीओ निवेदन नै स्थगित अवस्थामा थिए ।
गत मंसिरमा बोर्डको अध्यक्षमा आएका सन्तोषनारायण श्रेष्ठले निवेदनको पाइपलाइनमा भएका कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिनेदेखि विभिन्न नीतिगत निर्णयमा तीव्रता दिएको बताएका छन् । उनको कामको गतिमा भने सबै निवेदक सन्तुष्ट नभएको श्रेष्ठले नै बताएका छन् ।

विशेषगरी बजारलाई पारदर्शी बनाउन आवश्यक नियमावली, निर्देशिका, कार्यविधि लगायतका विषयलाई व्यवस्थित गर्दै प्रभावकारी नियमनको दिशामा अगाडि बढेको र छिटो छरितो कामको लागि बोर्डकै कार्यक्षमतामा वृद्धि गरेको उनको भनाइ छ।

श्रेष्ठको कार्यकाल सुरु भएपछि आईपीओ जारी गर्ने प्रक्रियाले गति लिएको भएपनि केही समय अगाडि खासगरी ऊर्जा व्यवसायी र उनीबीचमा आरोप प्रत्यारोप नै चल्यो, सो विषय अहिले सेलाएको छ । फेरि पछिल्लो समयमा अन्तर्राष्ट्रिय आइडन्टिफिकेसन नम्बर (आईजीन)को विषय सीडीएससीबाट उत्पन्न भएको विवादको निरूपण गर्ने जिम्मेवारी श्रेष्ठकै काँधमा आइपुगेको छ । पुँजीबजारमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या, सरकारको उद्देश्यअनुसारका काम र बोर्डको नियामकीय भूमिकाको विषयमा खबरहबका नारायण अर्यालले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग समसामयिक विषयमा संवाद गरेका छन् । संवादको सम्पादित अंश :

पछिल्लो समय तपाईंको व्यस्तता बोर्डका कस्ता काममा केन्द्रित छन् ?

धेरैजसो समय त दैनिकी काममा नै बित्ने गर्छ । त्यसपछि, बोर्डले पुँजीबजार लक्षित गर्नुपर्ने जुन सुधारका काम छन्, धेरै विषयमा, नीतिगत रूपमा परिवर्तन गर्ने प्रक्रियामा छौँ । तिनकै तयारीका काममा अधिकांश समय खर्च गर्नुपर्ने हुन्छ । दैनिकी रूपमा पनि नयाँ–नयाँ समस्या सिर्जना हुन्छन्, ती समस्याको समाधानका लागि पनि काम गर्नुपर्ने हुन्छ ।

केही समय अघि निजी ऊर्जा उत्पादक र तपाईंबीच समस्या देखिएको थियो, त्यो सुल्झिएको हो ?
सुल्झिनको लागि त पहिला बिग्रिनु पर्छ । उहाँहरूबाटै आएको विषय थियो, जुन सम्बन्धमा मैले धेरै बोलिसकेको पनि छु ।
मैले पहिला पनि भनेको थिएँ कि प्रश्न गर्न त सजिलो छ, उत्तर पनि त्यहाँबाट आओस् भनेर मैले सार्वजनिक रूपमा नै त्यहिबेला चुनौती नै दिएको थिएँ । म आफ्नो काममा निरन्तर कटिबद्धरूपमा लागिरहेको छु, उहाँहरूको कुरा उहाँहरूबाटै आओस् ।

पछिल्लो समय आईजीनको विवाद माथिल्लो स्तरमा पुगेको देखिन्छ । बोर्डले नै निर्देशिका स्वीकृत गरेर सीडीएससीले कार्यान्वयन गर्ने व्यवस्था रहेको सो विवाद के हो र यसको अवस्था के छ ?
खुलेर भन्नुपर्दा आईजीनको विषयमा विवाद भइसकेपछि मात्रै म अवगत भएको हो । यो सीडीएससीसँग सम्बन्धित विषय थियो । पछि यो हाम्रोमा आइपुग्यो । कानुनी व्यवस्थामा जुन व्यवस्था छ त्यहिअनुसार गर्नुपर्छ भन्ने मेरो धारणा रह्यो । तर, यो विषयसँग सम्बन्धी व्यवस्थित व्यवस्था नै रहेनछ ।

अहिलेसम्म कुनै नीति नियम बिना नै चलिरहेको अवस्था भएको हुनाले मैले पहिला नीतिगत व्यवस्था गर त्यसपछि हामीले चाल्ने कदम अगाडि बढाउँला भनेर धारणा राखेँ । त्यहि अनुरूप उहाँहरूले बोर्डबाट सर्वसम्मत रूपमा निर्देशिका पारित गर्नुभयो । त्यो निर्देशिका यस बोर्डबाट स्वीकृत भएपछि मात्रै कार्यान्वयन हुने व्यवस्था छ । त्यो विषय अहिले लगभग टुंगिएको अवस्था छ ।

एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत 

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो

विकास हाइड्रोपावरले बोलायो साधारणसभा

वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको बताए।

प्रतिनिधिसभाबाट छोटो अवधिमा उक्त विधेयक पारित भएको स्मरण गर्दै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाको विषयगत समितिमा नपठाई सभाबाटै पारित गरिदिन आग्रह गरे ।

सो प्रस्तावमाथिको छलफलमा सांसदहरु गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिए। बैठकले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : २० बजे

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी

बैतडी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन