भारतमा हवाइ यात्रुको सङ्ख्या बढ्ने « Khabarhub

भारतमा हवाइ यात्रुको सङ्ख्या बढ्ने


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी दुई वर्षसम्म भारतीय हवाइ यात्रुको सङ्ख्या ७ प्रतिशतले बढ्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ । केयरएजले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२४–२५ देखि सन् २०२६–२७ सम्म हरेक वर्ष विमानस्थलमा यात्रुको सङ्ख्या ७ प्रतिशतले वृद्धि हुने जनाइएको छ ।

सन् २०२४–२५ मा भारतमा हवाई यात्रुको सङ्ख्या ४१ करोड २० लाख रहेको छ । सन् २०२६–२७ मा यो बढेर ४७ करोड पुग्नेछ । चीन र अमेरिकापछि भारत विश्वको तेस्रो ठूलो हवाई बजार हो ।

हवाई सुरक्षामा बढ्दो चासो, वाइडबडी जहाजको ढिला आपूर्ति र भूराजनीतिक तनावका बावजुद यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएअनुसार दीर्घकालसम्म भारतीय विमानस्थलमा यात्रु सङ्ख्या बढ्दै जानेछ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ९ : २३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले