स्वस्थ मासुको छनोट कसरी गर्ने ? « Khabarhub

स्वस्थ मासुको छनोट कसरी गर्ने ?



दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको पदार्थ विषाक्त बनेर आफ्नै शरीरका लागि हानिकारक नबनोस् भन्ने अर्को ध्येय रहन्छ । अझ खाद्यसामग्रीको बिक्रीकक्ष, प्याकेजिङ र गुणस्तरका विषयमा बाक्लै बहस हुने गर्छ । हामीले यहाँ उठाउन खोजेको सन्दर्भ दशैँमा खाइने मासुको हो ।

दशैँमा कस्तो मासु खाने ? यसको कसरी छनोट गर्ने ? उमेर समूहअनुसार मासुको रोजाइ आआफ्नो छ । अघिल्लो पुस्ता बोसोयुक्त मासुको चाह गर्छ । जेनजी पुस्तालाई ब्रोइलर कुखुराबाहेक अरु मासु रुचिकर लाग्दैन । विशेषगरी ब्रोइलर कुखुरा पालनको विकास भइसकेपछि पछिल्लो समय धेरै नेपालीको रोजाइको मासु ब्रोइलर कुखुरा हुने गरेको छ । नेपालीले खसी, बोका, राँगा, भैँसी लगायतको मासुको तुलनामा ब्रोइलर कुखुराको मासु धेरै खाने गरेको पाइन्छ ।

तर, नेपालको अधिकांश मासु बजार भने नियमित अनुगमन तथा नियमन भन्दा बाहिर छ । देशकै राजधानीमा मासु पसलहरू वर्षमा एकाध पटक मात्रै अनुगमन हुन्छ । कस्तो मासु बिक्री गर्न पाइने, कस्तो नपाइने भन्ने स्पष्ट कानूनकै अभाव छ ।

अधिकांश विषयमा आधुनिकीकरण भए पनि आजको दिनमा पनि मासु खुला राखेर झिँगा भन्काएर मासु बिक्री गरिरहेका अधिकांश फ्रेस हाउस संघीय राजधानी काठमाडौँमा नै देख्न पाइन्छ । उपभोक्ताहरूले पनि मासु बिक्रीका विषयमा प्रश्न नगर्दा र स्वस्थ मासुको लागि दबाब नदिँदा फ्रेस हाउसहरूको पुरानो परिपाटी कायम नै भएको देखिन्छ ।

विशेषगरी विभिन्न पर्व तथा चाडबाडको समयमा नेपालीले मासु धेरै उपभोग गर्ने गर्छन् । तर, हामीले कस्तो मासु स्वस्थकर हुन्छ भन्ने विषयमा भने कत्ति पनि ख्याल पुर्याइरहेका छौँ त ? खबरहबले झण्डै दुई दशकदेखि मासु बिक्री गर्ने कार्य गर्दै आएका कुमार श्रेष्ठसँग मासु सम्बन्धी केही कुराकानी गरेको छ ।

विशेषगरी उनले ब्रोइलर कुखुराको मासु मन पराउने उपभोक्तालाई लक्षित गरेर फ्रेस हाउसमा मरेको र मारिएको कुखुराको मासु कसरी छुट्याउन सकिन्छ भनेर बताएका छन् । उनले मरेको र मारिएको कुखुराको मासु हेरेर र स्वादबाट पनि छुट्याउन सकिने बताएका छन् ।

‘नकाटिइकन निस्सासिएर मरेको कुखुराको रगत जीउभरि फैलिएर त्यो एकदमै रातो हुन्छ’, उनी भन्छन्, ‘काटेको कुखुराको भने रगत तर्काइएको हुन्छ, त्यो भएपछि त्यो कुखुराको मासु सेतो हुन्छ ।’

उनले कहिलेकाहीँ कुखुरा काट्ने क्रममा लामो समय रगत बाहिर जान नदिएमा पनि मासु रातो हुने बताए् । जुन मासुमा उपभोक्ता झुक्किन सक्ने उनले बताए । साथै, उनले पकाउँदा नै मरेको र मारिएको कुखुराको बासना नै फरक आउने समेत बताए ।

व्यवसायी श्रेष्ठको अनुभवमा खसीको व्यवसायिक पालन बढाउने हो भने यसबाट प्राप्त हरेक वस्तु औद्योगिक प्रवद्र्धनका लागि समेत उपयोगी हुन्छ । ‘खसीको सिङले टाँक बन्छ, बोसोबाट साबुन, फोहोरजन्य पदार्थ मल बनाउन सकिन्छ । यसबाहेक भुत्ला मिसाएर घरमा लगाइएको लिउन सिमेन्टीभन्दा कम हुँदैन । यसबाहेक टाउकोदेखि पुच्छरसम्मका पदार्थ मानिस प्रिय मेन्यूभित्र पर्छन् ।’ उनले थपे ।

प्रस्तुत छ मासु व्यवसायी श्रेष्ठसँगको कुराकानीः

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ९ : ४५ बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको