आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु « Khabarhub

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताएका छन् । उनले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भागदौड हुँदा नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
  
प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरू प्रति समवेदना व्यक्त गर्दै  घाइतेहरू शिघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताए ।
 
 यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्‍यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुँदा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।  

अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भला भएका  हजारौँ भक्तहरूको बिचमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दु मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : ४० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट