काभा यू-१९ महिला भलिबल टोलीको बिदाइ « Khabarhub

काभा यू-१९ महिला भलिबल टोलीको बिदाइ


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई बिदाई गरिएको छ । 

शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई बिदाई गरेका हुन् ।

विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै उनले विभिन्न खेलमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए ।

खेलकुद विकास कोषमा कम्पनीहरूले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे । त्यस्तै उनले सवै खेलका खेलाडीहरूलाई परिचय पत्र बितरण गर्ने तयारी समेत आफूले गरेको बताए ।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिबल संघले जनाएको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ५६ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका