आजका समाचार : पार्टी एकता गर्दै माधव-प्रचण्ड, माओवादीमा जनार्दनको फरक मत, एमालेको महाधिवेशन काठमाडौंमा र बङ्गलादेशमा डक कामदारको हडताल | Khabarhub Khabarhub

आजका समाचार : पार्टी एकता गर्दै माधव-प्रचण्ड, माओवादीमा जनार्दनको फरक मत, एमालेको महाधिवेशन काठमाडौंमा र बङ्गलादेशमा डक कामदारको हडताल


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

ऊर्जामन्त्री घिसिङको अडान : लाइन काटिएका उद्योगले बक्यौता तिर्नै पर्छ, निर्णयबाट पछि हट्दिनँ

बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णयपछि ऊर्जा मन्त्री कुलमान घिसिङ विवादमा आएका छन् ।

केहीले उनको कदमको समर्थन गरेका छन् भने केही उद्योगी तथा समूहले आलोचना गर्दै असन्तुष्टि जनाएका छन् ।

यसैबीच, मन्त्री घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै आफ्नो निर्णय कानुनबमोजिम र संस्थाको प्रतिष्ठाका लागि गरिएको बताएका छन्।

लोडसेडिङको समयमा ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनबाट निरन्तर विद्युत पाएको अवस्थामा प्रिमियम महसुल तिर्नुपर्ने उनले बताएका छन् । ‘तर, उनीहरूले आजसम्म त्यो प्रिमियम महसुल बुझाएका छैनन्’, उनले लेखेका छन्।

घिसिङले नेपाल विद्युत् प्राधिकरणले बक्यौता असुलीका लागि विगतमा चार पटक प्रयास गरेको तर प्रत्येक पटक राजनीतिक तहबाट अवरोध भएको बताएका छन् । उनले भने, ‘२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकका रूपमा बक्यौता उठाउन नियमन आयोगमा पत्राचार गरेको थिएँ, तर त्यसै दिन मलाई पदबाट हटाइयो। बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो ।’

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्

ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’ 

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू

माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ
नेकपा(माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रस्तावप्रति फरक धारणा राख्दै त्यो प्रक्रिया रोक्न माग गरेका छन्।

शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एकता प्रस्तावप्रति आपत्ति जनाउँदै त्यसले माओवादी आन्दोलनको वैचारिक आधार र क्रान्तिकारी चरित्रलाई कमजोर पार्ने चेतावनी दिएका हुन्।

उनले भनेका छन्, ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने एकताले वाम आन्दोलन बलियो बनाउने होइन, बरु दक्षिणपन्थी अवसरवादलाई बल पुर्‍याउनेछ।’

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने

जनार्दनबारे प्रचण्ड भन्छन् : आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा

पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता आवश्यक : प्रचण्ड

कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु


एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने

नेकपा एमालेको ११औ महाधिवेशनमा २१०० जना महाधिवेशन प्रतिनिधि हुनेछन् । आज बसेको एमाले सचिवालय बैठकपछि जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले २१०० प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुने बताए ।

ज्ञवालीले विभिन्न विभाग जनसंगठन र कमिटीहरूबाट नेताहरूको उपस्थित रहने बताएका छन्। नेकपा एमालेले मङ्सिर २७ गतेदेखि काठमाडौंमा एमालेको एघारौं महाधिवेशन गर्ने भएको छ।

यसको तयारीको सन्दर्भमा आजको सचिवालय बैठक बसेको थियो।

ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल

प्रधानमन्त्रीसँग महामन्त्रीद्वयले भने : कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ

फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

भक्तपुरस्थित गुण्डुमा एमाले सचिवालय बैठक

झपट रावलको प्रस्ताव : एमालेको नेतृत्व संगठित सदस्यबाट सिधै छानौँ

बुढानीलकण्ठमा भक्तजनको भीड

आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार

भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो

जोमसोम-कागबेनी सडक खुल्यो

बङ्गलादेशमा डक कामदारहरूको हडताल

बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोधस्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।

अन्तरिम सरकारले बन्दरगाह सञ्चालनको इजाजतपत्र विदेशी कम्पनीलाई भाडामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि श्रमिकहरू सडकमा उत्रिएका हुन् ।

अक्टोबरमा थोरै सङ्ख्याबाट सुरु भएको वाकआउट अहिले करिब २०० जना डक कामदारमा विस्तार भइसकेको छ । यो बन्दरगाह बङ्गलादेशको मुख्य व्यापारिक प्रवेशद्वार र विश्वव्यापी गार्मेन्ट आपूर्ति शृङ्खलाको अत्यन्त महत्त्वपूर्ण केन्द्र हो ।

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु

चीनको शेन्झाउ–२१ अन्तरिक्ष स्टेशनसँग सफल डक 

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी




















प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ३४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच