आजका समाचार : नेपाली महिला टोलीको लगातार हार, कांग्रेस-एमालेमाथि खनिए माधव नेपाल, ट्रम्पले थोपरे चीनमाथि कर | Khabarhub Khabarhub

आजका समाचार : नेपाली महिला टोलीको लगातार हार, कांग्रेस-एमालेमाथि खनिए माधव नेपाल, ट्रम्पले थोपरे चीनमाथि कर


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनभर आज ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले गठबन्धन षड्यन्त्रपूर्वक सत्ता कब्जाका लागि बनेको आरोप लगाएका छन् । भने उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् विस्तृत रुपमा आजका मूख्य समाचारहरु :

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो

ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । आइतबार कीर्तिपुर स्टेडियममा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हराएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ महिला टी २० विश्व कप

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल

हितेन्द्रलाई ढिलो न्याय ! म्याद गुज्रिन ६ दिन बाँकी

विधिशास्त्रमा एउटा सर्वमान्य भनाइ छ– ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो । अर्थात्– Justice delayed is justice denied.

सन् १८६८ मा तत्कालीन बेलायती प्रधानमन्त्री विलियम ग्लाडस्टोनले पहिलोचोटि यो वाक्यांश प्रयोग गरेका थिए । उनले भनेका थिए, ‘न्यायमा ढिलाइ गर्नु भनेको न्याय अस्वीकार गर्नु हो ।’

पछि यही वाक्यांश अमेरिकामा पनि दोहोर्‍याइयो । त्यहाँ प्रशिद्ध मार्टिन लुथर किंग जुनियरले सन् १९६३ मा आफ्नो ‘बर्मिंघम जेलबाट पत्र’ मा यसलाई प्रयोग गर्दै भने, यसलाई प्रयोग गर्दै भने, ‘धेरै ढिलो न्याय दिनु भनेको न्याय अस्वीकार गर्नु हो ।’

रेलमार्ग निर्माणको परियोजनाबाट पछाडि नहट्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता

काभ्रेमा एमालेको ‘जरा अभियान’

सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार दिएका छौँ : मन्त्री अधिकारी

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार दोस्रो पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा बिषयगत छलफल भइरहेको छ ।

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह

माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने

‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’

न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा

राष्ट्रियसभा : पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् ।

बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताइन् ।

उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख गर्दै नियन्त्रण गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन सरकारसँग आग्रह गरिन् ।

राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग

बामदेव भन्छन्- कांग्रेस र कम्युनिष्ट पार्टीले खिचडी राजनीति गरिरहेका छन्

राष्ट्रियसभाको बैठकमै ढले कांग्रेस सांसद भट्ट

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन

आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संघीय राजधानी सहर काठमाडौंसहितमा हुने गुण्डागर्दी र अपराधका घटना रोक्न विशेष अभियान चलाउने भएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिविरुद्ध आक्रामक कारबाही थाल्ने जानकारी दिएका छन् ।

‘अहिले सूचना संकलनका क्रममा छौँ, केही विशेष अपरेशन चलाउने अवस्था देखिएको छ,’ एसएसपी बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिनुस् ।’

३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

काउन्सिलले गर्‍यो केही सञ्चारमाध्यमलाई कारबाही, कुन-कुन परे ?

धनुषाबाट २५ किलो गाँजा बरामद 

गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।

राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए।

‘जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्’, उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।’

बाढीपहिराका कारण सुन्तला उत्पादनमा कमी

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकटका लागि सम्झौता

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पुग्यो २३ खर्ब १६ अर्ब

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)

काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन ।

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कर्ण, लगायत सवारी साधनका धुवाँ र जथाभाबी आगो बाल्नाले पनि उपत्यकाका आकाश प्रदूषित भएको छ ।

स्वर्गद्वारी गुठीका मोही किसान माइतीघरमा उत्रिए (तस्बिरहरु)

ढिकीजाँतोको प्रचलन घट्दै

बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अलपत्र

बागलुङका किसानले फलाए करिब १३ केजीको काउली

लाहाखेतीबाट मनग्य आम्दानी 

अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। जसमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ ।

चीनको वाणिज्य मन्त्रालयले आइतबार एक वक्तव्यमा भनेको छ, ‘चीन यस कदमबाट पूरा असन्तुष्ट छ। चीन यसको कडा विरोध गर्छ ।’

इरानमा बस पल्टिँदा ५४ जना घाइते

एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ५८ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति