राजनीतिक दलहरुकै कारण धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा « Khabarhub

राजनीतिक दलहरुकै कारण धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघिय धर्मनिरपेक्ष गणतन्त्र भित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वतः धरासायी हुने अवस्थामा पुगेको बताएका छन् ।

प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण संघिय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको उनको टिप्पणी छ । आज भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल बिकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदासयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए ।

उनले यो प्रस्तावलाई सकारात्मक रुपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

थापाले राजासहितको प्रजातन्त्र भनेको निरंकुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बिचार प्रकट गरे । उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरुको विरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो।

राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरु एकठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ । अर्को तर्फ केही अराजक तत्वहरुबाट राजा र हिन्दुराष्ट्रको नाम लिंदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरु बिचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संभावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।

थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढंगले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको बिकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समुहलाई उचाल्ने काम रहस्यमय छ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो । कार्यक्रममा तारानाथ लुइँटेल , वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई , यबती कार्की ,राजाराम बर्तौला ,माधब खत्री लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ०२ बजे

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा