एमालेनिकट बुद्धिजीवी परिषद्‍मा ‘पीएहरूको पकड’ | Khabarhub Khabarhub

एमालेनिकट बुद्धिजीवी परिषद्‍मा ‘पीएहरूको पकड’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद् पनि निर्वाचनबाट नेतृत्व छान्ने दोस्रो संगठन बनेको छ ।

यसअघि जेठ ९ गतेदेखि १२ गतेसम्म पोखरामा भएको युवासंघ नेपालको दशौँ महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे दोहोरिएका थिए । सर्वसम्मतको कोसिस भए पनि निवर्तमान महासचिव सुमन पुरीले युवासंघको महाधिवेशनलाई चुनावसम्म लगेका थिए ।

२०८१ फागुनयता महाधिवेशन भएका एमालेका १३ वटा जनवर्गीय संगठनमध्ये युवासंघ र नेपाल बुद्धिजीवी परिषद्को नेतृत्व चुनावबाट छानिएको हो ।

सोमबार सकिएको परिषद्को ११ औँ महाधिवेशनले गजेन्द्र थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

परिषद्को महाधिवेशनका क्रममा ९६ वटा पदको टुंगो सर्वसम्मतिले लगाइएको थियो । तर अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन गरिएको हो ।

अध्यक्ष पदमा थपलियाले १४४ मतसहित बाजी मारे । उनका प्रतिस्पर्धी डा. दीपेन्द्र भण्डारी केबल १०४ मतमा सीमित हुँदै पराजित भएका छन् ।

उपाध्यक्ष पदमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए । उनीसँग विपिन कुमार चित्रकार १०२ मतसहित पराजित भए ।

उता सचिव पदमा प्रा.डा. इश्वरी कडरियाले १६१ मतसहित विजयी हुँदा डा. अर्जुनकुमार सिंहले ९६ मतसहित नतिजा सम्पिन बाध्य भए ।

महाधिवेशनले महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ ।

पीएहरूको पकड

चाखलाग्दो के छ भने यो महाधिवेशनबाट अध्यक्षमा चयन भएका थपलिया केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ सालमा सचिवालयमा बसेका थिए ।

उनी कात्तिक २९, २०७६ मा प्रधानमन्त्री ओलीले आफ्नो निजी सचिवालय पुनर्गठन गर्दा विकास विज्ञमा नियुक्त भएका थिए । ओलीले आफ्नो निजी सचिवालय पुनर्गठनका क्रममा थपलियालाई पनि सचिवालयमा लगेका थिए । त्यसअघि नियुक्त ६ जनाले राजीनामा दिएपछि थपलिया प्रधानमन्त्री ओलीको सचिवालयमा बसेर काम गरेका थिए । अहिले पनि उनी ओलीनिकट कार्यकर्तामा पर्छन् ।

बुद्धिजीवी परिषद्को सर्वसम्मत महासचिव बनेका डा. दीपेन्द्र श्रेष्ठ पनि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सचिवालयमा काम गर्छन् । पोखरेल सत्तामा हुँदा या बाहिर रहँदा पनि उनले निरन्तर साथ दिने गरेका छन् ।

अहिले पनि उनी पोखरेलसँगै निकट रहेका छन् । पोखरेलको सचिवालय व्यवस्थापनसहितका सबै काममा उनैले सम्हाल्ने गरेका छन् ।

अर्कातिर सरोज रेग्मी अहिले पनि एमाले महासचिव शंकर पोखरेलको सचिवालयमा छन् । उनैले महासचिव पोखरेलको दैनदिनको कार्यक्रम निर्धारण र भेटघाट तथा पत्रकारहरूसँगको सम्बन्धको पनि व्यवस्थापन गर्दै आएका छन् ।

थपलियाले आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताए । परिषद् आफ्नो परिवारभन्दा प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति खुसी जनाए ।

निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत् मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए।

अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिएका छन् । परिषद्को महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३० बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी