अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन « Khabarhub

अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन आएको देखिएको छ । अमेरिकाले लगाएको नयाँ भन्सार शुल्क लाग्ने म्याद नोभेम्बरमा नजिकिँदै गर्दा व्यापार वार्ता चलिरहेका बेला नयाँ तथ्याङ्क सार्वजनिक भएको हो ।

च्यानल न्यूज एशियाका अनुसार पाँच महिनायता चीनको औद्योगिक उत्पादनको वृद्धिदरमा लगातार सङ्कुचन आइरहेको छ । गत शनिबार चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जारी गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स यस महिना ४९.४ मा कायम रहेको छ ।

ब्लूमबर्गको विश्लेषक सर्वेक्षणमा यो सूचकांक ४९.५ हुने अपेक्षा गरिएको थियो । जुलाई महिनामा यस सूचकांक ४९.३ रहेको थियो ।

यसअघि गत मार्च महिनामा यो सूचक ५० भन्दा धेरै थियो । सूचकांक ५० भन्दा धेरै हुँदा औद्योगिक उत्पादनमा वृद्धि भएको मानिन्छ ।

ब्यूरोका तथ्याङ्कशास्त्री झाओ किङ्गहेले अघिल्लो महिनाको तुलनामा सूचकमा सुधार आएकोमा खुशी प्रकट गरेका छन् । उनका अनुसार यस सूचकले ‘समग्र आर्थिक समृद्धि निरन्तर विस्तार भइरहेको’ देखाएको छ ।

‘व्यवसायिक वातावरणमा सुधार आएको छ ।’ उनले भने ।

गत जुलाईमा ब्यूरोले उत्पादनमा कमी आउनुमा बाढी र उच्च तापक्रमजस्ता खराब मौसम जिम्मेवार रहेको जनाएको थियो ।

महामारीयता चीनले बलियो आर्थिक सुधार गर्न संघर्ष गरिरहेको छ । चीनको घरजग्गा क्षेत्रमा ऋण सङ्कट देखिएको छ भने उपभोगमा चरम कमी आएको छ र युवा बेरोजगारी पनि उच्च छ ।

त्यसबाहेक अमेरिकासँगको व्यापार युद्धले पनि निर्यातमा आधारित चीनको अर्थतन्त्रमा समस्या पैदा गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : २५ बजे

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा