रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन « Khabarhub

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अहिले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएकी छन् ।

अध्यक्ष माधवकुमार नेपाल समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट झाँक्रीले अहिले नै कुनै निर्णय गरिनसकेको बताएकी छन् ।

यद्यपि उनी शुक्रबार समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षको भेलामा सहभागी भएकी थिइन् ।

खनाल र भुसाल पनि माओ‌वादीमा मिसिने कुरामा असहमति राख्दै माधव नेपाल समूहबाट बाहिरिइसकेका छन् ।

भुसाल सकेसम्म समाजवादी पार्टी नै पुनर्गठनको पक्षमा देखिएका छन् । उता सम्मानि नेता खनाल भने एमालेले सम्मानजनक रुपमा ढोका खोलेमा फर्किने तयारीमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् पार्टी छाडेकालाई घर फर्किन आह्वान गरेका छन् । तर ओलीले शनिबार बसेको सचिवालय बैठकमा पार्टीमै रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपाध्यक्ष भीम रावलका लागि समेत ढोका खोल्न तयार भएनन् ।

यी दुई नेताका लागि ओली सकारात्मक नभएको अवस्थामा अलग्नै पार्टीमा चार वर्ष यात्रा गरेका नेताहरूका लागि सम्मानजनक रुपमा ढोका खोल्नेमा खनाल सशंकित छन् ।

यद्यपि खनाल-भुसाल समूहमै रहेका केही नेता भने एमालेमा फर्किन तयार छन् । सम्बद्ध श्रोतका अनुसार नेतृ रामकुमारी झाँक्री, पू्र्वसांसद किसानकुमार श्रेष्ठ र अम्बरबहादुर थापाहरू एमालेमा फर्किन इच्छुक छन् ।

त्यहीअनुसार ओलीले शुक्रबार घर फर्किन गरेको आह्वानलाई रामकुमारी सकारात्मक रुपमा लिँदै प्रतिक्रिया व्यक्त गरेकी थिइन् । उनले ओलीकै फेसबुक पोस्टमा प्रतिक्रिया दिँदै फर्किन तयार रहेको जनाउ दिएकी थिइन् ।

आइतबार एकीकृत समाजवादीको सचिवालय बैठकले कात्तिक १९ गते हुने आठ दलको एकता सम्मेलनमा भाग लिने निर्णय गरेसँगै नेपाल र झलनाथ समूहको औपचारिक कित्ताकाट भएको छ ।

उनले आइतबार मात्रै माओ‌वादीमा मिसिने माधव नेपालको निर्णयमा साथ दिएका वरिष्ठ नेता वामदेव गौतमलाई व्यंग्य कसेकी छन् । उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘कुनै बेला वामदेव कमरेडले भन्नुहुन्थ्यो ‘विभाजनमा तागत हुन्छ, शक्ति आर्जन गर्छ । अहिले त यस्तो लाग्छ, एकतामा तागत हुने रहेछ, दुईबाट कम्तीमा ६ भाग ।’

उनले यसो भनिरहँदा आइतबार बसेको सचिवालय बैठकमा उनीसँगै रहेका सम्मानित नेता खनाल र महासचिव खनालसहितका सचिवालयका नेताहरू सहभागी भएनन्। सचिवालयको निर्णयका कारण अब रामकुमारीसहितका नेताहरूले अब आफूले कुन बाटो समात्ने निर्णय गर्न सहज भएको छ।

‘अहिले नै हामीले के गर्ने भन्ने निर्णयमा पुगिसकेको अवस्था छैन’, नेतृ झाँक्रीले खबरहबलाई भनिन्, ‘यद्यपि पार्टी पुनर्गठन र एमालेमै फर्किने विकल्प हामीसँग छन् । यसबारेमा छलफल जारी छ । अहिले नै एमालेमा फर्किन लागेको भनेर आएका समाचार मिडिया ट्रायल मात्रै हुन् ।’

उनले समाजवादीले आइतबार माओवादीमा जाने निर्णय सचिवालय बैठकबाट गरिसकेकाले अब आवश्यक संवादबाट एउटा निर्णय लिने बताएकी छन् ।

झाँक्री यसअघि समाजवादीमा हुँदा पनि अध्यक्ष नेपालसँग तनावपूर्ण सम्बन्ध थियो । चार वर्षअघि २०७७ भदौमा निर्वाचन आयोगमा पार्टी दर्ता गराउन जाँदा उनै झाँक्रीले माधव नेपालको हात समातेर लगेकी थिइन् ।

तर उनै नेपालसँग समाजवादीमा हुँदा पनि तिक्ततापूर्ण सम्बन्धमा गुजारेकी उनी अब घनश्याम भुसालसँगै पार्टी पुनर्गठनमा लाग्ने कि एमालेमा जाने अलमलमा छिन् । तर उनीनिकट नेताहरूले भने एमाले अध्यक्ष ओलीले सम्मानपूर्वक बोलाएमा झाँक्री पुरानै घरमा फर्किने सम्भावना बलियो छ।

यसअघि आइतबार नै एकीकृत समाजवादीका पूर्वसांसद किसान श्रेष्ठले आफूहरू एमालेतिरै फर्किने सम्भावना बलियो भएको खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ३८ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर