मूशर्रफलाई ‘किन्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका पूर्वअधिकारीले खुलासा « Khabarhub

मूशर्रफलाई ‘किन्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका पूर्वअधिकारीले खुलासा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्वराष्ट्रपति परभेज मूशर्रफलाई ‘खरिद गर्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका एक जना पूर्वअधिकारीले खुलासा गरेका छन् । सीआईएका पूर्वअधिकारी जोन किरिआकोउले मूशर्रफलाई खरिद गर्न अमेरिकाले दशौँ लाख डलर खर्च गरेको खुलासा गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले त्यसबेला पाकिस्तान गम्भीर भ्रष्टाचारमा डुबेको पनि आरोप लगाए । उनले पाकिस्तानका आम जनताले भोकमरीको सामना गरिरहेका बेला पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोले भने खाडी मुलुकमा विलासी जीवन बिताइरहेको पनि आरोप लगाएका छन् ।

सीआईएमा १५ वर्ष काम गरेका किरिआकोउले पाकिस्तान सरकारसँग आफूहरुको सम्बन्ध अत्यन्त राम्रो रहेको पनि दाबी गरे । त्यसबेला मूशर्रफ सरकारमा रहेको भन्दै अमेरिका तानाशाहसँग काम गर्न सदैव तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

पछि अमेरिकाले चाहेजस्तो काम गर्न मूशर्रफले खुला छाडेको पनि उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : २१ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु