मूशर्रफलाई ‘किन्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका पूर्वअधिकारीले खुलासा « Khabarhub

मूशर्रफलाई ‘किन्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका पूर्वअधिकारीले खुलासा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्वराष्ट्रपति परभेज मूशर्रफलाई ‘खरिद गर्न’ अमेरिकाले दशौँ लाख डलर खर्च गरेको सीआईएका एक जना पूर्वअधिकारीले खुलासा गरेका छन् । सीआईएका पूर्वअधिकारी जोन किरिआकोउले मूशर्रफलाई खरिद गर्न अमेरिकाले दशौँ लाख डलर खर्च गरेको खुलासा गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले त्यसबेला पाकिस्तान गम्भीर भ्रष्टाचारमा डुबेको पनि आरोप लगाए । उनले पाकिस्तानका आम जनताले भोकमरीको सामना गरिरहेका बेला पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोले भने खाडी मुलुकमा विलासी जीवन बिताइरहेको पनि आरोप लगाएका छन् ।

सीआईएमा १५ वर्ष काम गरेका किरिआकोउले पाकिस्तान सरकारसँग आफूहरुको सम्बन्ध अत्यन्त राम्रो रहेको पनि दाबी गरे । त्यसबेला मूशर्रफ सरकारमा रहेको भन्दै अमेरिका तानाशाहसँग काम गर्न सदैव तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

पछि अमेरिकाले चाहेजस्तो काम गर्न मूशर्रफले खुला छाडेको पनि उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : २१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष