भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट « Khabarhub

भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै घटेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० देखि सन् २०२४ सम्म भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्या ४९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सोही अवधिमा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ८१ प्रतिशतले घटेको छ । त्यस्तै, सरकारी तथ्याङ्क अनुसार सो अवधिमा आमाबाट बच्चामा हुने सङ्क्रमणको सङ्ख्या पनि ७५ प्रतिशतले घटेको छ ।

बिजनेस स्ट्यान्डर्डका अनुसार एचआईभी परीक्षणमा आएको व्यापाक सुधारका कारण यो सम्भव भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२०–२१ मा ४ करोड १२ लाख एचआईभी परीक्षण भएकामा सन् २०२४–२५ मा यो बढेर ६ करोड ६२ लाख पुगेको छ ।

त्यसबाहेक एन्टीरेट्रोभाइरल थेरापीको कभरेज पनि बढेको छ । सो अवधिमा यस उपचार सेवा लिनेहरुको सङ्ख्या १४ लाख ९० हजारबाट बढेर १८ लाख ६० हजार पुगेको छ ।

भाइरल लोड टेस्टिङको पहुँचमा पनि उच्च वृद्धि भएको पाइएको छ । सो अवधिमा यो परीक्षण ८ लाख ९० हजारबाट बढेर १५ लाख ९० हजार पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : २९ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका