भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट « Khabarhub

भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै घटेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० देखि सन् २०२४ सम्म भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्या ४९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सोही अवधिमा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ८१ प्रतिशतले घटेको छ । त्यस्तै, सरकारी तथ्याङ्क अनुसार सो अवधिमा आमाबाट बच्चामा हुने सङ्क्रमणको सङ्ख्या पनि ७५ प्रतिशतले घटेको छ ।

बिजनेस स्ट्यान्डर्डका अनुसार एचआईभी परीक्षणमा आएको व्यापाक सुधारका कारण यो सम्भव भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२०–२१ मा ४ करोड १२ लाख एचआईभी परीक्षण भएकामा सन् २०२४–२५ मा यो बढेर ६ करोड ६२ लाख पुगेको छ ।

त्यसबाहेक एन्टीरेट्रोभाइरल थेरापीको कभरेज पनि बढेको छ । सो अवधिमा यस उपचार सेवा लिनेहरुको सङ्ख्या १४ लाख ९० हजारबाट बढेर १८ लाख ६० हजार पुगेको छ ।

भाइरल लोड टेस्टिङको पहुँचमा पनि उच्च वृद्धि भएको पाइएको छ । सो अवधिमा यो परीक्षण ८ लाख ९० हजारबाट बढेर १५ लाख ९० हजार पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : २९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने