भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट « Khabarhub

भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै घटेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० देखि सन् २०२४ सम्म भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्या ४९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सोही अवधिमा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ८१ प्रतिशतले घटेको छ । त्यस्तै, सरकारी तथ्याङ्क अनुसार सो अवधिमा आमाबाट बच्चामा हुने सङ्क्रमणको सङ्ख्या पनि ७५ प्रतिशतले घटेको छ ।

बिजनेस स्ट्यान्डर्डका अनुसार एचआईभी परीक्षणमा आएको व्यापाक सुधारका कारण यो सम्भव भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२०–२१ मा ४ करोड १२ लाख एचआईभी परीक्षण भएकामा सन् २०२४–२५ मा यो बढेर ६ करोड ६२ लाख पुगेको छ ।

त्यसबाहेक एन्टीरेट्रोभाइरल थेरापीको कभरेज पनि बढेको छ । सो अवधिमा यस उपचार सेवा लिनेहरुको सङ्ख्या १४ लाख ९० हजारबाट बढेर १८ लाख ६० हजार पुगेको छ ।

भाइरल लोड टेस्टिङको पहुँचमा पनि उच्च वृद्धि भएको पाइएको छ । सो अवधिमा यो परीक्षण ८ लाख ९० हजारबाट बढेर १५ लाख ९० हजार पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : २९ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको