राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा « Khabarhub

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ देखि पोखरा रङ्गगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेलहरू सकिएसँगै अन्तिम चारको टुङ्गो लागेको हो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ र त्रिभुवन आर्मी तथा इरानको टोलीले अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको आजको दोस्रो खेलमा पराजित भए पनि पुलिस सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अङ्क रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अङ्कका आधारमा पुलिस विजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन् ।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । आजै सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जितसँगै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको एपिएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

एपिएफले चौथो सेटमा २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित दर्ता गरेको हो ।इरानी टोली समूह विजेता र एपिएफ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको घरेलु टोली गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलका खेल आइतबार हुनेछन् ।

पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टिम त्रिभुवन आर्मीबीच हुनेछ । यसैगरी, दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ३२ बजे

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !

किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट