राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा | Khabarhub Khabarhub

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ देखि पोखरा रङ्गगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेलहरू सकिएसँगै अन्तिम चारको टुङ्गो लागेको हो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ र त्रिभुवन आर्मी तथा इरानको टोलीले अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको आजको दोस्रो खेलमा पराजित भए पनि पुलिस सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अङ्क रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अङ्कका आधारमा पुलिस विजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन् ।

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । आजै सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जितसँगै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको एपिएफले चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

एपिएफले चौथो सेटमा २५–१४ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित दर्ता गरेको हो ।इरानी टोली समूह विजेता र एपिएफ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको घरेलु टोली गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलका खेल आइतबार हुनेछन् ।

पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टिम त्रिभुवन आर्मीबीच हुनेछ । यसैगरी, दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ३२ बजे

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट