बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना « Khabarhub

बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासल अन्तरक्रियापछि शनिबार नै प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठनलाई पार्टीका नीति र निर्णयअनुरुप परिचालन हुन निर्देशन दिँदै यस्तो बताएका हुन्।

जनसंगठन समन्वय संयन्त्रले शनिबार बालुवाटारमा गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रुपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ।’

बालुवाटार पुगेका एक जनसंगठनका नेताका अनुसार बैठकमा पार्टी नीति र निर्णयविपरीत जाने नेतालाई पाठ सिकाउने चेतावनीसमेत दिएका छन्।

पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लाग्ने नेतालाई एमालेले धमाधम कारबाही र जिम्मेवारीविहीन बनाउन थालेको छ।

अहिले जनसंगठनबाट कारबाही अभियान चलाइएको छ। युवा संघ हुँदै अब खेलकुद महासंघले पनि ओलीविरूद्ध बोल्नेलाई कारबाही चलाएको छ। बालुवाटार बैठकले नेतृत्वविरूद्ध बोल्ने एमालेकै नेताहरूलाई पनि कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको बालुवाटार पुगेका एक नेताले बताए।

‘पार्टी पद्धति नमानी सामाजिक सञ्जाल र सार्वजनिक रूपमा हो–हल्ला गर्दै हिँड्नेविरूद्ध कठोर हुने कुरा भएको छ’, उनले भने, ‘बैठकमा कोही व्यक्तिलक्षित कुरा नभए पनि नेतृत्वविरूद्ध उत्रिनेलाई कारबाही गर्न हिच्किचाउनु नहुने निष्कर्ष निकालेको छ।’

एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले एकताबद्ध र सुदृढ पार्टी बनाउनका लागि पार्टीको विधान, विधि र अनुशासन अनुरुप सबै नेता–कार्यकर्ता र संगठन चल्नुपर्नेमा जोड दिए।

बैठकमा जनसंगठनका अध्यक्ष र महासचिवले व्यक्तिको पछि नलाग्न पनि भनेका छन्। पार्टीको नीतिअनुसार सबै सदस्यलाई परिचालित गर्ने उनीहरूको योजना छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाल श्रेष्ठलाई पार्टीको नेतृत्व गर्न नदिँदा कुरा बिग्रेको सम्झना गरे।

पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको उनको तर्क थियो।

‘‘२०१० सालको पहिलो महाधिवेशनमा होइन, भित्रीरुपमा पुष्पलाललाई महासचिवमा २००८ सालमै हराइयो। त्यसबेला मनमोहनजी महासचिव हुनुभयो’, उनले भने, ‘त्यो उतारचढावले कम्युनिस्ट आन्दोलन ठीक ढङ्‍गले अगाडि बढ्न सकेन। तर पनि आन्दोलन आफ्नो अस्तित्वमा सशक्त रुपमा थियो।’

एमाले निर्माणमा कयौं नेताले गरेको ठोस योगदानको प्रधानमन्त्रीसमेत रहेका ओलीले स्मरण गरे। ‘विभिन्न नेताले योगदान गर्नुभएको छ, तुल्सीलाल टाढैबाट देखिने व्यक्तित्व, आफ्नै प्रकारको योगदान भएको व्यक्तिका रुपमा योगदान थियो, त्यसैले उहाँलाई स्मरण गरिरहेका छौँ, सम्मान गरिरहेका छौँ’, ओलीले भने।

ओलीले पुष्पलालले संयुक्त जनआन्दोलनको नीति लिएको बताए। त्यो नीति २०४६ सालमा आइपुग्दा मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले कार्यान्वयन गर्‍यो, त्यही विघटित संसद् पुनर्स्थापनाको कुरा पुष्पलाल, तुलसीलालले राख्नु भएको थियो। संविधान सभाको कुरा २०१४ सालमा राख्नु भएको थियो, यो कुरा २०७२ सालमा पूरा भयो’, ओलीले भने।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि