आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ « Khabarhub

आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०७४ साल मंसिरमा भएको चुनावको मुखमा नेकपा माओवादी केन्द्र छाडेका गोपाल किराती ८ वर्षपछि पुरानै बाटोमा आइपुगेका छन् ।

माओवादी केन्द्रका तत्काली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया थालेपछि त्यसताकाका सचिवालय सदस्य किराती अर्को माओवादी पार्टी खोल्न हिँडेका थिए ।

२०५६ सालतिर तत्कालीन ‘जनयुद्ध’को समयमा किरात जनवादी वर्कर्स पार्टी खोलेर हिसांत्मक राजनीतिमा होमिएका किराती २०५७ सालदेखि माओवादीमा समाहित भएका थिए । त्यसबेला केही दर्जन बन्दुकसहित विद्रोह थालेका उनको विलयपछि माओवादीले पूर्वमा पकड बनाएको थियो ।

तर २०७४ सालमा एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच एकीकरण प्रक्रिया चलेपछि किरातीले प्रचण्डसँग असन्तुष्टि जनाउँदै छुट्टै पार्टी खोल्ने बाटोमा हिँडेका थिए ।

वाम गठबन्धन र पार्टी एकता प्रक्रियाप्रति गम्भीर असहमति राखेका किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठन कमिटीको नाममा अर्को पार्टी खोलेका थिए ।

कितीले शनिबार माओवादी केन्द्रको राजनीतिक प्रशिक्षण कार्यक्रम बहिष्कार गरेर विद्रोह थालेका थिए। उनले त्यसबेला माओवादी केन्द्रलाई ‘प्रचण्ड समूह’को संज्ञा दिएका थिए ।

पुनर्गठित माओवादीमा उनै किराती चाँडै अल्पमतमा परे । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष किरातीले अल्पमतमा परेपछि २०७७ सालमा पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए ।

उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्ष बनाइएको थियो। त्यसपछि किरातीले देशभक्त समाजवादी मोर्चा बनाए । उनले त्यसका लागि ‘देशभक्त समाजवादी यात्रा’ गरे ।

त्यसबेला उनले ‘आदिवासी पहिचान विरोधी मण्डले प्रदेशहरु खारेज गरौँ संविधान पुनर्लेखन कार्यसूचीको जनविद्रोहको तयारीमा जुटौँ’ भन्ने नारा लगाए ।

‘खसानदेखि थरुवान, मगरात, तमुवान, ताम्सालिङ नेवाः, किरात लिम्बुवान हुँदै कोचिलासम्मको आदिवासी जनताको सार्वभौम पहिचान निषेध गरेर मण्डले प्रदेश नामाकरण अपराध गरिरहेका छन् । समानता, स्वतन्त्रता र बन्धुभाव खातिर संगठित विद्रोहको झण्डा उठाउन आदिवासी र प्रगतिशीलहरु तयार छन् ?’ यदि तयार हो भने समाजवादी राज्यव्यवस्था स्थापनार्थ संविधानको समाजवादी पुनर्लेखन कार्यसूचीमा सम्वाद गरौँ उनले त्यसबेला भनेका थिए ।

त्यसयता सानातिना गतिविधि गर्दै गुमनाम जस्तै बसेका उनी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दल मिलेर नयाँ पार्टी बन्ने भएपछि जोडिएका छन् ।

प्रचण्डसँग रिसाएर माओवादी छाडेका उनले अन्तत: सोमबार उनै प्रचण्डसँग सम्झौता गरेका छन् । जातीय राजनीतिबाट उदाएका किराती माओवादीको वर्ग संघर्षमा जोडिएर पूर्वको माझ किरात र लिम्बुवान प्रखर नेताका रुपमा परिचित भएका थिए।

प्रचण्डको साथ छाडेर आफैं क्रान्ति गर्न हिँडेका किराती अन्तत: आठ वर्षपछि घुमिफिरी रुम्जाटार शैलीमा पुरानै ठाउँ आइपुगेका छन्।

उनले सोमबार काठमाडौंमा प्रचण्डसँग एकता गर्दै प्रचण्डलाई लाल सलाम गरे । उनले हिजोको सशस्त्र संघर्षकै भाषामा नेपाली क्रान्ति पूरा गर्ने, प्रतिक्रियावादीसँग लड्ने बताए ।

‘नेपाली क्रान्ति सम्पन्न गरेरै छोड्छौँ, समाजवादीक्रान्ति सम्पन्न गरेरै छोड्छौँ’, उनले भने, ‘विदेशी र स्वदेशी प्रतिक्रियावादी दलालहरूलाई धुलोपिठो पारेरै छोड्छौँ ।’

उता उनैसँग किरात वर्कर्सबाट माओवादीमा जोडिएका सुदन किरातीहरू भने माओवादी छाड्ने अवस्थामा पुगेका छन् । सुदनसहित नेता जनार्दन शर्माहरूको ठूलो पंक्ति माओवादी छाड्न तयार भएर बसेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : ४७ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने