विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ? « Khabarhub

विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ?

प्रदीप ज्ञवालीलाई महासचिव बनाउन लबिइङ



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुल्ने निर्णय गरेका छन्। भदौ २४ गतेसम्म सरकारको अर्थमन्त्री रहेका उनी तत्कालीन प्रधानमन्त्री एवम् अध्यक्ष ओलीकै पक्षमा उभिन लागेका हुन् ।

मंसिर २६ गतेदेखि ११ औँ महाधिवेशन गर्ने गरी घोषणा भएदेखि कतै खुलेका थिएनन् । पौडेल लामो समय ओलीसँगको संवादपछि खुलेका हुन् ।

ओलीलाई अहिले नेता व्यवस्थापनको चुनौती छ । ओली समूहमा खुलेका नेताहरूबीच महासचिवमा होडबाजी छ। उपमहासचिवमा नेताहरू अटाउन समस्या छैन । यदि व्यवस्थापनमा समस्या भए ओलीले दशौँको जस्तै पदाधिकारी संख्या १९ बनाउन पनि सक्छन् । त्यसका लागि महाधिवेशन उद्घाटनकै दिन प्रस्ताव राख्न सक्ने सम्भावना छ ।

मङ्गलबार पनि उनले समूहका नेताहरूसँग छलफल गरेका थिए। त्यसपछि उनी उपाध्यक्षमै दोहोरिने गरी ओली समूहमा खुलेका हुन्। बुधबार भएको पत्रकार सम्मेलनमा पौडेलले आफू अध्यक्ष र महासचिवबाहेक उपाध्यक्षको उम्मेदवार रहेको बताए। महाधिवेशनमा ओलीलाई साथ दिने बताउँदै उनी सर्वसम्मतिमा नेतृत्व चुनिनुपर्ने तर्क गर्छन् ।

शंकरलाई महासचिवमा रोक्न जोडबल

आफू उपाध्यक्षमा दोहोरिन तयार पौडेलले शंकर पोखरेललाई महासचिवमा दोहोरिन नदिन जोडबल गरिरहेका छन्। एमाले स्रोतका अनुसार उनले पटक–पटक अध्यक्ष ओलीलाई भेटेर पोखरेललाई महासचिव नबनाउन आग्रह गरेका छन्।

उनले शर्त नै पोखरेल महासचिव नहुने भए आफू ओली समूहमा खुल्ने कुरा राखेका थिए। तर ओलीले शंकरलाई महासचिवमा दोहोर्‍यायने या प्रदीप ज्ञवालीलाई विकल्पमा अघि बढाउने निर्णय गरेका छैनन्।

उपाध्यक्ष पौडेलले महासचिवमा ज्ञवालीलाई बढाउनुपर्ने अडान राखेका छन्। ‘अध्यक्षज्यूले विचार गरौँला तपाईं खुल्नु भन्नुभएको छ । रोक्छु भने पनि फिक्स उहाँ महासचिव हुनुहुन्न भन्नुभएको छैन’, स्रोत भन्छ, ‘पीएस गुरुङ मानेमा शंकर उपाध्यक्ष र प्रदीपलाई महासचिवको उम्मेदवार बनाउने सम्भावना छ ।’

महासचिवको भूमिका पोखरेलले राम्रोसँग निर्वाह गर्न नसकेको बताउँदै पौडेलले एमालेलाई वैचारिक र सैद्धान्तिक ढङ्गले अगाडि बढाउन ज्ञवालीलाई महासचिव बढाउनुपर्ने अडान राखेका छन्।

यता ज्ञवालीले पनि महासचिवको तयारी गरिरहेका छन् । एमाले नेताहरू महासचिवमा शंकर भन्दा प्रदीपले सजिलै जित्ने बताउँछन् । यता ईश्वर पोखरेल टीमबाट महासचिव नजितुन् भन्नेमा ओली चनाखो छन् ।

स्रोतका अनुसार नेताहरूसँग छलफल गरेर ओलीले पोखरेललाई महासचिव नबनाएर पौडेलपछिको उपाध्यक्ष दिनेबारे पनि छलफल गरेका छन् ।

तर यसबारे निर्णय भइनसकेको ओलीनिकट नेताहरू बताउँछन् । ‘शंकरलाई उपाध्यक्ष बनाउने सम्भावना छ । त्यसपछाडि पृथ्वी सुब्बाले पनि उपाध्यक्षमा दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रदीप ज्ञवालीलाई महासचिव बनाएमा पृथ्वी सुब्बा उपाध्यक्ष बन्नुहुन्छ । रामबहादुर थापा बादललाई पनि सिनियर उपाध्यक्ष दिनुपर्ने भएकाले ओली कमरेडलाई व्यवस्थापनको चुनौती छ ।’

एमालेले गत भदौ २० गते पास गरेको नयाँ विधानअनुसार अब एमालेमा उपाध्यक्ष तीनजना मात्रै रहनेछन्।

ओलीको टिमबाट अहिले उपाध्यक्षमा बादल, पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङको चर्चा छ। प्रदीपलाई महासचिव दिए पृथ्वी सुब्बालाई पनि उपाध्यक्ष बनाउनुपर्ने हुन्छ ।

किन भयो तनाव ?

ओली समूहमै रहेका विष्णु पौडेल र शंकर पोखरेलबीच अघोषित शीत युद्ध छ । खासगरी एकै भूगोलका उनीहरूबीच लुम्बिनीमा ठूलै टकराव छ ।

उनीहरूबीच सचिवालय बैठकमै छेडछाड हुने गरेको छ। केही समयअघिको सचिवालय बैठकमा पनि पौडेलले पोखरेलमाथि कटाक्ष गर्दै ल्यापटप बोकेर मात्रै एमालेको अवस्था बुझ्न नसकिने टिप्पणी गरेका थिए।

महासचिवमाथि संगठनमा भन्दा ओली वरिपरि घुम्दै बसेको आरोप छ । लुम्बिनी प्रदेशको जिल्लागत भेला, संगठनको काम, प्रदेशको गतिविधिमा पौडेल र पोखरेल समूहबीच तीव्र मतभेद देखिने गरेको छ। तर यी दुवै ओलीनिकट नेता भएकाले व्यवस्थापन भने सजिलो छैन।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३४ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि