महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी « Khabarhub

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।

अर्जुनधारामा भएको उद्घाटन खेलमा एपिएफले एभरेष्ट लुम्बिनी क्लबलाई पराजित ग¥यो । एपिएफले एभरेष्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित ग¥यो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी नेविका चौधरी भइन् ।

आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरियो ।

भोलि बिहीबारको पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार नगद पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ४९ बजे

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने