महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी « Khabarhub

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।

अर्जुनधारामा भएको उद्घाटन खेलमा एपिएफले एभरेष्ट लुम्बिनी क्लबलाई पराजित ग¥यो । एपिएफले एभरेष्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित ग¥यो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी नेविका चौधरी भइन् ।

आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरियो ।

भोलि बिहीबारको पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार नगद पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना